पहिलो पटक अस्ट्रेलिया पुगेकी रचनाले भनिन् जति विकास भएपनि मेरो जन्मभूमि भन्दा राम्रो छैन

२०७९ श्रावण ९ गते, सोमबार

चर्चित नेपाली कलाकारहरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ ।

अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुती जारी छ ।

केबीसी अस्ट्रेलियाको आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा भएको छ ।उनको साथमा आयोगक चिरञ्जिवी देवकोटापनि देखिन्छन् ।

लाईभमा उनलाई मेकअप नगरेको, काली देखिएको कमेण्ट आइरहेको थियो । उनले आफू मेकअप नगर्ने काहिलेकाही मात्र कार्यक्रममा गर्ने गरेको बताइन् ।

लाईभमा नै नेपाल भन्दा राम्रो त छैन है अस्ट्रेलिया भनेर कमेण्ट गरियो । उनले आफ्नो देशजस्तो कुनैपनि देश नहुँने बताइन् ।

रचनाको अस्ट्रेलिया भ्रमण यो पहिलो पटक हो । आज उनी होबाट जाने बताएकी छिन् । उनले बेलाबेला गीत गाएकी थिइन् । चुइगम चपाईरहेकी उनले त्यहाँ थुक्न नपाउने बताइन् ।

अब ब्रिसबेनमा ३० जुलाई अर्थात् शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गुञ्जिने आयोजक केबीसी अस्ट्रेलियाले जनाएको छ ।

अगस्ट १ मा मेलबर्नमा कार्यक्रम हुनेछ भने अगस्ट ५ मा राजधानी क्यानबेरामा कलाकारहरुले प्रस्तुती दिनेछन् ।

अगस्ट ६ का दिन अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ‘तीज मेला विथ कमेडी नाइट्स’ नाममा कार्यक्रम हुनेछ । फन्टाष्टिक इभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ ।यसपछि अगस्ट ८ मा एडिलेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश इभेन्टसले संयोजन गरेको छ । डोमपोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अस्ट्रेलिया टुर सम्पन्न हुनेछ ।janaboli बाट

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal