दाइजो चुक्ता नगर्दा विवाह गरेको २७ दिनमै ‘बुहारी’ को ह,त्या आ,रोप

२०७९ श्रावण ९ गते, सोमबार

रौतहटको वृन्दावन नगरपालिका–६ स्थित सिसवामा साउन २ मा सन्जुकुमारी दास मृ’त भेटिइन् ।

विवाह गरेको २७ औं दिनमा संसारबाट बिदा भएकी २० वर्षीया सन्जुको घाँ”टीमा ‘डोब’ थियो । कटहरिया नगरपालिका–५ बस्ने रामचन्द्र दास तत्माले छोरीलाई वृन्दावन नगरपालिका वडा नम्बर–६ बस्ने चन्देश्वर दास तत्माको छोरासँग लगनगाँठो कसिदिएका थिए ।

तर, सो लगनगाँठो १ महिना पनि पुरा नहुँदै टुटेको छ। सन्जुको मृ”त्यु भएको रात घरमा १६ वर्षीया नन्द र ६० वर्षकी सासु मात्र थिए ।

श्रीमान, देवर र ससुरा हेटौंडामा रहेको प्र’हरीको अनुसन्धानबाट थाहा भएको छ । हेटौंडामा उनीहरुको कवाडी पसल छ ।

सन्जुका माइती पक्षले घरका सदस्यहरुको मिलेमतोमा घाँटी दा,बेर ह,त्या गरिएको आ,रोप लगाएका छन् । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पो,स्टमार्टमपछि शव दा,हसंस्कार गरिएको छ ।

पो,ष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए । उनले भने–‘घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।

बिहेमा धेरै खर्च गरेको हुनाले खोजेर दाइजो रकम चुक्ता गर्छु भनेर आफुले ज्वाईंलाई भनेको बताउँछन् राम प्रवेश । रातोपाटीसँग उनले भने–‘ कतैबाट खोजेर दिन्छु भनेको थिएँ ।’ मृ,त्युअघि सञ्जुले आफुलाई फोन गरेको र छटपटाएर ‘दाई मलाई बचाउनु’ भन्ने आवाज आएको राम प्रवेशले दावी गरेका छन् । सन्जुको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको डिएसपी मल्लले बताए ।

पी,डित पक्षले परिवारका सदस्यहरु विरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । घ,टनाबारे इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान गरिरहेको छ ।

साउन २ मा राति साँढे १० बजेदेखि १० बजेर ४५ मिनेटको बीचमा सन्जुको शं,कास्पद मृ,त्यु भएको थियो । सन्जुले झु”न्डिएर आत्म ह,त्या गर्न खोजेपछि पासो आफुहरुले खुस्काएको सासु र नन्दले प्रहरीलाई बताएका छन् ।

सन्जुका दाई राम प्रवेशले नन्द र सासुको कुरा अस्वीकार गरेका छन् । दाइजो चुक्ता गर्न नसक्दा बहिनीको ह,त्या भएको सञ्जुका दाई रामप्रवेश दासले जिकिर गरेका छन् । रातोपाटीसँग कुरा गर्दै रामप्रवेशले भने– ‘२ लाख ५० हजार दाइजो रकम दिन बाँकी थियो त्यहि बारेमा बहिनीलाई त,नाव दिएर ह,त्या गरिएको छ ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal