अर्कैको चेकमा नक्कली हस्ताक्षर र छापबाट पैसा झिक्ने ‘पत्रकार’ प,क्राउ

२०७९ श्रावण २ गते, सोमबार

मकवानपुरको थाहा नगरपालिका स्थायी घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २१ वर्षीय वासुदेव अर्याल प,क्राउ परेका छन् ।

चेकमा नक्कली हस्ताक्षर र छाप प्रयोग गरेर एक कम्पनीको रकम झिकेको आरोपमा प,क्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरका अनुसार २१ वर्षीय अर्यालले बाटोमा भेटेको चेकका आधारमा अर्को चेक बुक निकालेर त्यसबाट १० लाख ३५ हजार भुक्तानी लिइसकेपछि प,क्राउ परेका हुन् ।

त्रिपुरेश्वरस्थि फल्कोनाइड इन्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नाममा रहेको एसबीआई बैंकको हस्ताक्षरसहितको चेक अर्यालले भेटेका थिए ।

सात लाख रूपैयाँ उल्लेख भएको उक्त चेक नसाटिएपछि अर्यालले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर उक्त बैंकबाट चेकबुक जारी गर्न लगाएको प्रहरीले जनाएको छ ।

‘हराएको चेक तत्कालै सम्बन्धित व्यक्तिले बैंकमा पुगेर रोकेका रहेछन् । त्यसपछि अर्याल आफैले चेकमा रहेको दस्तखत र छाप हेरेर नयाँ तयार गरेको पाइएको छ । पेप्सीकोलास्थित एसबीआई बैंकले पनि दुरुस्तै छाप र हस्ताक्षर देखेपछि चेक जारी गरेको रहेछ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

जारी भएको चेकबाट सौरभ डंगोलको नाममा पैसा निकाल्ने गरेको पाइएको छ । बाटोमा फेला परेको डंगोलको सवारी लाइसेन्सका आधारमा अर्यालले उनको नामबाट पैसा निकाल्ने गरेको प्रहरीको भनाइ छ ।

अर्यालसँग सूचना विभागबाट जारी पत्रकार परिचय पत्र पनि रहेको प्रहरीले जनाएको छ । उक्त पत्रकार परिचय पत्रमा अर्याल तिखोकलम डटकममा आबद्ध रहेको देखिन्छ ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal