ज्योतिष शास्त्र अनुसार यो वर्षको साउनमा शिवको व्रत बस्नेलाई हुनेछ विशेष फलदायी, यी ६ राशिलाई मिल्नेछ शुभ फल।।
साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने चलन छ। ज्योतिष शास्त्र अनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ ।
हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ। साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ। महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।
हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ।
यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म कर्मको महिनाका रूपमा लिइन्छ। यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ।
सोमबारको व्रत विधि पनि अन्य व्रत जस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ। तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ। व्रत गरेको दिन बेलुका एक पटक सात्विक भोजन गरिन्छ। यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ।
यो पटकको साउनमा अद्भूत संयोग परेको छ। यस पटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार छन् । यसपाली साउन ३२ सम्म छ। ५ ओटा सोमबार पर्नु भनेको साउन महिना नै विशेष हो । साउनको ब्रतले धेरै राम्रो फल दिन्छ।
त्यसै पनि यस पाली ५ ओटा सोमबार परेकोले साउन विशेष छ । साउनको ब्रत यी ६ राशि मेष राशि, वृष राशि, तुला राशि, धनु राशि, मकर राशि र मीन राशिका लागि फलदायी रहेको छ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





