छोरी हराएको २४ वर्षपछि फेला पर्दा बाबुआमा खुशीले पटक पटक रोए छोरी दुई सन्तानकी आमा समेत बनीसकेकी रहिछन्।

२०७९ असार १५ गते, बुधबार

छोरी हराएको २४ वर्षपछि फेला पर्दा बाबुआमा कति खुशी होलान् ? चीनका एक बाबुले आफ्नी छोरी हराएको २४ वर्षपछि फेला पारेपछि खुशीले रोएका छन् । चार वर्षकी छोरी हराएका ती बाबुले अन्ततः दुई सन्तानकी आमा बनिसकेकी छोरी फेला पारेपछि निकै भावुक भए ।

सन् १९९४ मा वाङ मिङचिङ नामक व्यक्ति र उनकी पत्नी लिउ देङयिङ चेङ्दुको सडक किनारामा बसेर फलफूल बेच्ने गर्दथे। एक दिन वाङ खुद्रा साट्न गएका बेला चार वर्ष पुग्न १० दिन मात्र बाँकी रहेकी उनीहरुकी छोरी वाङ चिफेङ हराएकी थिइन्।

छोरी खोज्न उनीहरुले कुनै कसर बाँकी राखेनन् तर पनि समयमा भेटेनन् । अन्तत छोरी हराएको २४ वर्षपछि फेला पारे । कतिसम्म भने कुनै दिन हराएकी छोरी आफूहरुलाई खोज्दै आउने आशामा उनीहरुले सो इलाका पनि कहिल्यै छोडेनन्।

हराएकी छोरी, जो अहिले काङ यिङको नामले चिनिन्छिन्, ले आफूसँग मिल्ने तस्वीर देखिन् र छक्क परिन्। अन्ततः हराएको २४ वर्षपछि आफ्ना दुई सन्तानसहित उनी बुबालाई भेट्न आइपुगेकी छन्।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal