युक्रेनको राजधानी किएभमा रुसको आक्रमण…..

२०७९ असार १३ गते, सोमबार

युक्रेनमाथि रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन जी ७ को नेताहरु जर्मनीमा छलफलमा जुटिरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण गरेको हो ।किएभका अधिकारीहरुका अनुसार केही मिसाइल बेलारुसबाट प्रहार गरिएको थियो । बेलारुसले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्दै आएको छ । पश्चिमा राष्ट्रलाई तर्साउने उद्देश्यले रुसले किएभमा आक्रमण गरेको हुन सक्ने विश्लेषण गरिएको छ ।आक्रमणमा परेर किएभको पश्चिममा रहेको सर्नी सहरमा तीन जनाको ज्यान गएको र केही भग्नावशेषमा पुरिएका बीबीसीले जनाएको छ ।रुसले किएभको आवासीय क्षेत्रमा नभइ क्षेप्यास्त्र कारखानामा आक्रमण गरेको पनि जनाएको छ । किएभमा रुसको आक्रमणपछि जी ७ का सदस्य राष्ट्रका नेताहरुले रुसमाथि प्रतिबन्ध कडा पार्दै रुसी बहुमूल्य रत्न एवम् धातुको आयात रोक्ने घोषणा गरेका छन् । उनीहरुले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएका छन् ।  

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal