डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
डडेल्धुराको आलीताल गाउँपालिकाका एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला परेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीमाथि कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा आक्रमण भएको हो।
आफ्नै सवारी(कार) मा कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो। घ,टनाबारे अनुसन्धान भइरहेको बताइएको छ।
उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ। घा,इते भण्डारीलाई उपचारका लागि अत्तरियास्थित पदमा अस्पताल पुर्याइएको छ।
75 Views