दार्चुलामा मध्यराति ‘भाउजु’ भनेर बोलाए अनि यस्तो हर्कत गरे हेर्नुहाेस् पूरा जानकारी…
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको श,व आगोमा जलेको अवस्थामा फेला पर्यो । उनको ह,त्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता लोकेन्द्र कार्कीका अनुसार घ,टनाका मुख्य अभियुक्त भोजबहादुर खडायत प,क्राउ परेका छन् । उनी नातामा मृ,तकका देवर हुन् । नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्डका रुपमा उनी कार्यरत थिए । उनलाई बैतडीबाट प,क्राउ गरिएको हो ।
अनुसन्धानमा क्रममा अन्य दुईजना पनि प्रहरी नियन्त्रणमा छन् । तर, घ,टनामा उनीहरूको संलग्नता थियो वा थिएन खुलेको छैन ।
छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । २५ गते बिहान अनिभा खडायतको श,व गाज्योमा घरबाट ५० मिटरको दुरीमा जलेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार उनी एकल महिला हुन् । उनकी १३ वर्षीया छोरी र ७ वर्षीय छोरा छन् । उनका श्रीमानको केही वर्ष अगाडि मृ,त्यु भएको थियो ।
भोजराजसँगै तीनजनाले सँगै खाएका थिए मदिरा
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार २४ गते राति भोजराज, वीरेन्द्र र तुलाले सँगै मदिरा सेवन गरेको खुलेको छ । तर, घ,टनामा तीनै जना संलग्न हुन् वा भोजराज मात्रै अनुसन्धान जारी छ । मदिरा सेवन गरेपछि भोजराज अनिभाको घरतर्फ गएका थिए । रातको २ बजे आसपासको समयमा भोजराज त्यहाँ पुगेर भाउजु… भनेर बोलाएको स्थानीय बताउँछन् ।
अनिभा घरको ढोका खुलै राखेर छोराछोरीसँग सुतेको बताइएको छ । तर, बोलाउँदा उनी आइन् वा जवरजस्ती लगियो प्रहरी अनुसन्धानमा खुल्न बाँकी छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “बिहान ५ बजे आसपासको समयमा मृ,तककी छोरीको भोजराजसँग आफ्नो घरनजिकै जम्काभेट भएको देखिन्छ । त्यसपछि आगोमा जलेको श,व पनि भेटियो । त्यसपछि भोजराज फरार थिए ।”