मोवाइल अहिले शंका पैदा गर्ने माध्याम बनेको छ । कसरी फाटो ल्याउँछ दाम्पत्य जीवनमा हेर्नुहाेस्।

२०७९ असार ११ गते, शनिबार

हत्केलाभरको मोवाइल अब कुराकानीको माध्यम मात्र रहेन । पृथ्वीको एक गोलार्द्धबाट अर्को गोलार्द्धमा भएका व्यक्तिसँग निमेषभरमै सन्देश आदनप्रदान गर्नेदेखि फोटो खिच्ने, भिडियो रेकर्ड गर्ने, भर्चुअल कागजात संग्रह गर्ने, भिडियो हेर्ने, रेडियो सुन्ने जस्ता थुप्रै थुप्रै काम यही मोवाइलभित्र समेटिएका छन् । त्यतीमात्र होइन व्यक्तिगत सुरक्षादेखि वित्तिय कारोबारसम्ममा मोवाइलकै उपयोग हुन थालेको छ । मोवाइल एक वहुउपयोगी उपकरण हो ।

यद्यपि यो उपयोगी हुँदाहुँदै पनि यसका कतिपय नकारात्मक पाटो छ । यसको अर्थ मोवाइल आफैमा खराब बस्तु भने होइन । तर, यसको प्रयोगमा गरिने कतिपय असावधानी वा यसप्रतिको बढी नै आशक्ति अहिले धेरैको निम्ति समस्या बन्दै गइरहेको छ । खासगरी दाम्पतीका लागि ।

नेपालीमा एउटा उखान छ, ‘बाँदरलाई भर्‍याङ’ । अर्को यस्तै उखान छ, ‘नपाउनेले केरा पायो, बोक्रासँगै खायो ।’ यसको अर्थ कुनैपनि बस्तुको उपयोगितालाई बुझ्नुभन्दा त्यसको दुरुपयोग गर्नु ।

अतः मोबाइलको कारण किन दाम्पत्य जीवनमा खटपट आउँदैछ त ? मोवाइल अहिले शंका पैदा गर्ने माध्याम बनेको छ । शंकाले सम्बन्धलाई सधै धरापमा राख्छ । दम्पतीवीच शंका पैदा हुने, मनमुटाव हुने, झै-झगडा हुने निहुँ मोवाइलबाटै सुरु भएको पाइन्छ, धेरैजसो अवस्थामा ।

यो त भए एकअर्काप्रति गर्ने शंका । मोवाइलले दम्पतीबीच अर्को समस्या पनि थपिदिएको छ, उपेक्षाको । जब श्रीमान वा श्रीमतीको हातमा मोबाइल हुन्छ, उनीहरु आफ्नै संसारमा मग्न हुन थाल्छन् । फेसबुक चलाउने, टिकटक बनाउने, फोटो खिच्ने, भिडियो हेर्न इत्यादि गतिविधिमा लिप्त हुन्छन् । कतिसम्म भने शयन कक्षमा पुगिसकेपछि पनि उनीहरु मोवाइलमै झुन्डिन्छन् । आपसी संवाद हुँदैन । एउटाले अर्कोलाई पूर्ण बेवास्ता गरिदिन्छ । जब दम्पतीबीच संवाद हुँदैन, अन्तरंग पल पातलिदै जान्छ, उनीहरुको प्रेम फिका हुँदै जान्छ ।

त्यसैगरी मोवाइलमा लिप्त भइरहँदा एकअर्काप्रति आशंका पनि बढ्न थाल्छ । खासगरी फेसबुकले यस्तो आशंका पैदा गरिदिन्छ । फेसबुक पनि अहिले दम्पतीबीच कलहको बिउँ बन्दैछ ।

103 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal