मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो, अलपत्र परेका यात्रु र सवारी लागे लामो झन्जटपछि गन्तब्यतिर….
२०७९ असार ६ गते, सोमबार
हिजोदेखि पहिरोका कारण अवरुद् मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो, अलपत्र परेका यात्रु र सवारी लागे लामो झन्जटपछि ।
गन्तब्यतिर चितवनको ईच्छाकामना गाँउपालिका ६ चारकिलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ ।
प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो ।
सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।
97 Views