निरन्तरको वर्षाले ताप्लेजुङमा आठ घर पहिराले बगायो, सिंगो गाउँ नै पर्यो जोखिममा ….
२०७९ असार ६ गते, सोमबार
निरन्तरको वर्षाले ताप्लेजुङमा आठ घर पहिराले बगायो, सिंगो गाउँ नै जोखिममा पर्यो ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ ।
निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो ।
जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ ।
85 Views