टिकापुर अस्पताल भवन निर्माणमा चरम लापरवाही

२०७९ जेष्ठ १८ गते, बुधबार

कैलाली । कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ ।
आर्थिक वर्ष २०७७र७८ मा रु दुई करोड विनियोजन भए पनि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारले क्रमागतमा राखेर चालु आवमा रु चार करोड विनियोजन गरेको थियो । केही महिना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले भवनको शिलान्यास गरेका थिए । भवन निर्माणमा संलग्न रोयल पवन जेभीले बल्ल जग हाल्ने काम थालेको छ ।
जग ढलानमा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ । निर्माण सम्झौताविपरित सामग्री प्रयोग गरेपछि विवाद उत्पन्न भएको छ । निर्माणमा संलग्न रोयल पवन जेभीका सञ्चालक सिद्धराज भट्ट भने उक्त आरोपमा कुनै सत्यता नभएको बताउँछन् । “भवन निर्माण र पर्खाल निर्माणमा छुट्टछुट्टै सामग्री प्रयोग गरेका हौँ”, उनले भने ।
भवन निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न नहुने निर्माणमा संलग्न कम्पनीले जनाएको छ । सम्झौतामा आगामी असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । रु चार करोडको लागत अनुमान रहेको भवन निर्माण कम्पनीले रु दुई करोड ४१ लाखमा ठेक्का पाएको हो । निर्माणमा कमसल सामाग्री प्रयोग भएकोबारे जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए ।
“भवन निर्माणमा कम्पनीले लापरबाही गरेकोबारे पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने, “गलत गरेको पाइए कारबाहीका लागि प्रदेश सरकारलाई सिफारिस गर्छौँ ।” प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु १६ करोडको लागतमा प्रदेशस्तरीय सरुवा रोग तथा अनुसन्धान केन्द्रको भवनको डिजाइन बनाएर काम अघि बढाएको हो । (रासस)

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal