ताराबाट झरेका फूलहरु विमोचनसँगै चिकित्सकहरुलाई सम्मान

२०७९ बैशाख १२ गते, सोमबार

काठमाण्डौ । जनचेतना समाज परिवर्तन नेपालको आयोजनामा साहित्यकार तारा प्रसाद त्रिपाठीको ताराबाट झरेका फूलहरु कविता तथा मुक्तक संग्रह विमोचन गरिएको छ  । राजधानीमा शनिबार आयोजित एक कार्यक्रमका बिच वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल कृतिको बिमोचन गरेका हुन् । कार्यक्रममा नेपाली कला क्षेत्रका ख्यातीप्राप्त कलाकारहरुको समेत सहभागिता भयो । चलचित्र निर्देशक तथा वरिष्ठ हस्य व्यङग कलाकार दिपाश्री निरौला, निर्मल शर्मा, विमान चालक विजय लामा को पनि सहभागिता थियो ।
जनचेतना समाज परिवर्तन नेपालले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनाका निम्ति विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । संस्थाले क्यान्सर जितेर सफल जीवन प्राप्त गरेका पाँचखाल–३ काभ्रेका साहित्यकार तारा प्रसाद त्रिपाठीको कविता तथा मुक्तक संग्रह विमोचनमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक र कलाकारहरुलाई सांगितिक थलोमा जोडेको हो । मुलुकमा समस्या परेको समयमा ज्यानको बाजी राखी योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्रका साथै दोसल्ला ओडाएर सम्मन समेत गरेको हो । यसरी सम्मानित हुने व्यक्तित्वहरुमा वरिष्ठ मृगौला रोग विशेषज्ञ, डा. ऋषि कुमार काफ्ले, क्याप्टेन विजय लामा, नेत्र रेटिना सर्जन प्रा.डा. गोविन्द्र पौड्याल, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही, डा. सुदिप श्रेष्ठ रहेका छन् । त्यसैगरी स्त्रीरोग विशेषज्ञ डा. शिला बर्मा, दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरे, रक्त क्यान्सर रोग विशेषज्ञ डा. निरज कुमार सिंह, स्त्री रोग विशेषज्ञ डा. कुन्शाङ डोल्मा शेर्पा, बाल रोग विशेषज्ञ डा. धनराज अर्याल, कलाकार तथा समाजसेवी, समाजसेवी तारा प्रसाद त्रिपाठी र रामेश्वर जङ केसी समेत सम्मानित भएका हुन । कार्यक्रममा कलाकार कृष्ण कडेललाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा पुस्तकको समिक्षा साहित्यकार शान्ति शर्मा र नेपाल क्यान्सर सरभाइल सोसाइटीकी अध्यक्ष प्रतिमा खनालले गरेका हुन कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रतिनिधि कविन्द्र त्रिपाठीले गरेका थिए भने कार्यक्रमको सञ्चालन किशोर निरौलाले गरेका हुन । जनचेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीले यस संस्थाले विशुद्ध रुपमा समाज रुपान्तरणका लागि सकरात्मक सोचका साथ अघि बढेको बताएकी छन् । यस संस्थाले विगत लामो समय देखि राजधानी हुर्दै बाहिरी जिल्लासम्म आपत विपतमा परेको समयमा अत्यावश्यक राहात साग्राहीहरु निःशुल्क वितरण गर्दै आएको संस्थाकी अध्यक्ष निरौलाले बताइन । कार्यक्रममा इन्द्रेणीका कलाकारले प्रस्तुती गरेको लोक दोहोरी गितमा डाक्टर देखि कलाकारसम्म मज्जाले नाचे । कार्यक्रममा सहभागी वक्ताहरुले सकरात्मक सोच, खानपान, शारिरीक व्यायम, निरन्तर समय–समयमा स्वास्थ्य परिक्षण गर्न सकेमा मात्र सबै नागरिक स्वस्थ हुन सकिने सुझाव दिए ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal