नयाँ घरेकोे याकजी विमोचन
काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन सम्पन्न भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गर्नु भएको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । विमोचनपछि नाटककार मल्लले भन्नुभयो– ‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृतिकला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृतियात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थहो ।’
समालोचक महेश पौडेलले भन्नुभयो– ‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको छ । विवरण भन्दा अनुभूतिले भरिभराउ यो कृति यात्रा लेखनको एक मानकग्रन्थबन्नपुगेको छ ।’ उहाँले भन्नुभयो– ‘नयाँघरे शैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं ।’ नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले– ‘याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको छ । कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार हामी यहाँ भेट्न सक्छौँ । नयाँ घरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँपनि आत्मसात् गरिएको अनुभव गर्न सकिन्छ । डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन्’ भन्नुभयो । समालोचक तथा प्रा.डा. सिर्जना शर्मा उप्रेतीले– ‘नयाँ घरेको लेखनबाट आपूm प्रभावित भएको र यात्रा साहित्यमार्फत् समाजलाई बुझ्नएवं अनुभव गर्न ठूलो सहयोग पुग्ने’ धारणा राख्नु भयो । उहाँले भन्नुभयो– ‘याकजी पढ्नु भनेको हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउनु हो । यो कृति आगामी दिनका लागि पनि भौगोलिक, सांस्कृतिक, प्राकृतिक एवं धार्मिक चरित्रहरुको थप बिस्तारपूर्वक अध्ययन गर्नका लागि सघाउने कृति बन्न पुगेको छ ।’
याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै– ‘कर्णालीको विकट क्षेत्रको यात्राबाट आपूmले जीवनकै गहिरो दर्शन प्राप्त गरेको’ धारणा प्रस्तुत गर्नुभयो । नयाँ घरेले भन्नुभयो– ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटता भित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नु पर्छ ।’
नियात्राकार नयाँ घरेका यो १८ औं कृतिहो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृति लगायत उनका आठौं नियात्राका कृतिहरु प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् । नियात्रा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





