२६ वर्षीय नूतन बने नयाँ मिष्टर नेपाल वल्र्ड

२०७९ बैशाख ६ गते, मंगलवार

काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । गत शनिबार आयोजित फाइनल प्रतिस्पर्धामा २६ बर्षिय श्रेष्ठले ३५ प्रतियोगीलाईपछि उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगद सहित ‘मिष्टर वल्र्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् । श्रेष्ठलाई यस अघिल्लो ‘मिष्टर नेपाल वल्र्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा झापाका २३ वर्षिया अभिषेक चुँडाल फस्ट रनर्स अप, काठमाडौंका २९ वर्षिय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षिय समिप शाही थर्ड रनर्स अप तथा मोरङका २७ वर्षिय विशाल कट्वाल फोर्थ रनर्स अप छानिए । उनीहरुले क्रमशः रु ५०, ३०, २०, १५ हजार नगद पुरस्कारका रुपमा प्राप्त गरेका थिए ।
हयात रिजेन्सी होटलमा भब्य समारोहकाबीच आयोजित प्रतियोगीतामा पूर्व मिष्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री रिचा शर्मा, संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राज भाई सुवाल निर्णायकको रुपमा रहेका थिए । प्रतियोगीतामा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट ठहरिए ।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।


युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
प्रतियोगीतामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत ब्यक्तित्वको समेत सहभागीता रहेको छ । प्रतियोगीताको अन्तिम तयारी समेत पुरा भएको जानकारी नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
अन्तिम प्रतिस्पर्धा लागि प्रतियोगीले फिजिकल फिटनेश, मोटिभेसन सेसन, स्टेज पफमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्क्रिल लगायतका बिभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य लगायतबाट प्रशिक्षण लिएका थिए । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।
उद्घोषण संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको संचालन रहेको कार्यक्रममा प्रतियोगीले आईआईएफटीका डिजाइनरहरुले तयार पारेको डिजाइन पहिरनमा र्याम्पमा उत्रिएका थिए । एभरेष्ट ग्रुपको बिबोइङ तथा गायिका सुवानी मोक्तानको प्रस्तुतिले सांगीतिक कार्यक्रमको अर्काे रौनक थियो ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal