श्रीलंकामा संकटः औषधि पाउन छोड्यो, मोबाइलको बत्ती बालेर शल्यक्रिया

२०७९ बैशाख ५ गते, सोमबार

सीएनएन । दिनदिनै चर्किरहेको आन्दोलन, खाद्यान्नको चरम अभाव, बिजुली कटौतीकाबीच श्रीलंकाको आर्थिक संकट झन भयावह स्थितिमा पुगेको छ । अहिले त्यहाँको स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भइरहेको छ । देशभर औषधिलगायत मेडिकल सामग्रीको चरम अभाव हुँदा स्वास्थ्यकर्मीहरू विभिन्न मेडिकल सरसामान धुँदै पुनःप्रयोग गर्न बाध्य छन् ।

यो अवस्थालाई अप्रत्याशित मानवीय संकट पनि भनिएको छ, जसले सर्वसाधारणहरू थप मारमा परेका छन् ।

ती वर्षीय मिरुलाई ब्रेन ट्युमर छ । जसको उपचारका लागि आवश्यक एक मात्र औषधि खोज्न उनका बुवा दैनिक संघर्ष गरिरहेका छन् । उनी भन्छन्, “कुनै अस्पतालमा औषधि छैन । नजिकैका फार्मेसीमा त सबै स्टक सकिएको छ । त्यसैले अहिले हामी पैसा भए पनि कतै औषधि फेला पार्न नसक्ने अवस्थामा पुगेका छौँ ।” डाक्टरहरूको रिपोर्टअनुसार यतिबेला उनीहरूले मोबाइल फोनको लाइट बालेर शल्यक्रिया गर्नुपरिरहेको स्थिति छ ।

हालसम्म औषधि अभावका कारण कसैको मृत्यु भएको चाहिँ खबर गरिएको छैन । तर श्रीलंकामा यो आर्थिक संकटले कोभिड महामारी भन्दा बढीको ज्यान लिनसक्ने अनुमान गरिएको छ ।

राष्ट्रिय फार्माटिकल संघका सचिव अतुल अमरसेना भन्छन्, “यो ठुलो संकट हो र कतिसम्म नराम्रो अवस्थामा पुग्नेछ भन्ने हामी अनुमान पनि लगाउन सकिरहेका छैनौँ । तर सबैलाई थाहा छ आगामी दिनहरू झन कठिन बन्दै जानेछन् ।”

आफ्नी ७ वर्षीया छोरीलाई जीवित राख्न वसन्त पनि राजधानी कोलम्बोभरका सबै फार्मेसी धाइसकेका छन् । उनकी छोरी अप्रिल ७ मा अस्पताल भर्ना भएकी हुन् । उनलाई केमोथेरापीसम्बन्धी ओषधि ‘तोपोतेकान’ चाहिएको छ । तर, सबै पसलहरूबाट पाइँदैन भनेर फर्काइने गरेको उनको दुखेसो छ ।

उनी भन्छन्, “सरकारी अस्पतालदेखि, फार्मेसी, निजी कम्पनी कोही आयातकर्तासँग पनि यो औषधि छैन । सबैले यो श्रीलंकाभर कतै पाइँदैन भन्छन् । अब म के गरौँ रु यो औषधि बिना मेरी छोरी लामो समय बाँच्न सक्ने छैन । उसलाई न्युरोब्लास्टोमा ९एक प्रकारको क्यान्सर० भएको छ ।”

यसअघि यो औषधि अस्पतालहरूमा निःशुल्क दिइराखिएको थियो । तर पछिल्लो समय बिरामीका परिवारले निजी फार्मेसीबाट किन्नुपर्ने भएको हो । तर वसन्तका लागि अहिले यो पनि असम्भव समान सावित भइरहेको छ ।

श्रीलंकाको मेडिकल संघलेले सरकारलाई लेखेको पत्रकाअनुसार देशभरका सबै अस्पतालमा आपतकालीन औषधि र मेडिकल सामग्रीहरूको अभाव छ । विशेषगरी बिरामीको दुखाइ कम गर्ने र बेहोस पार्ने ‘एनेस्थेटिक्स’को अभावका कारण दैनिक शल्यक्रियाहरू स्थगित गर्न निर्देशन दिइएको छ भने ल्याब परीक्षण पनि सीमित गराउन भनिएको छ जसका लागि प्रयोग हुने ‘रिएजेन्ट्स’ पनि कतै पर्याप्त छैन ।

यता सुत्केरी समाज श्रीलंकाका निर्देशकले पनि अस्पतालहरूलाई भर्खर जन्मिएको बच्चालाई दिइने अक्सिजनको ट्युब लगायतका उपकरणहरू किटाणुमुक्त बनाइ पुनः प्रयोग गर्न आदेश दिएका छन् । उक्त ट्युबको अहिले देशभर एकदमै अभाव रहेको स्वास्थ्य मन्त्रालयले यसअघि नै बताएको थियो ।

यसैगरी ह्दयघात, स्ट्रोक जस्ता घातक रोगहरूको उपचारमा प्रयोग हुने औषधि पनि पाउन छाडेको बताइएको छ । आपत्कालीन केन्द्रकी एक डाक्टरले नाम नखुलाउने शर्तमा सीएनएनसँग भनिन्, “मलाई थाहा छ म हरेक क्षणपछि आएका बिरामीको जीवन जोखिममा पारिरहेको छु । तर मैले गर्न सक्ने केही छैन मैले सबै आशा गुमाइसकेँ ।”

उनकाअनुसार उनी अहिले आफ्नो अधिकतम समय विभिन्न उपकरणहरू पुनःप्रयोगका लागि किटाणुमुक्त गराएर बिताउँछिन् । उनले थप भनिन्, “यो भनेको हामीलाई सिकाइएको पढाइएको कुरा विरुद्धको कार्य हो ।”

अस्पतालहरूमा प्रायः बिजुली कटौती नगरिए पनि उनकाअनुसार केही दिन अगाडि मात्र एउटा सानो शिशुको मुटुको शल्यक्रिया गरिरहेका बेला अचानक बत्ती गएपछि उनी र अन्य सहकर्मी डाक्टरहरूले मोबाइल फोन बालेर शल्यक्रिया जारी राख्नुपरेको थियो । उनले भनिन्, “हामीसँग दुईवटा फोन भएर पनि त्यसको उज्यालोले मात्र सानो बच्चामा शल्यक्रिया गर्नु सजिलो थिएन ।”

केन्डी सहरको केन्द्रमा रहेको सरकारी अस्पतालका अर्का एक डाक्टरले पनि त्यहाँ बिरामीलाई बेहोस् पार्ने एनेस्थेटिक्सको चरम अभाव भएको बताए । यस्तोमा अस्पताले बिरामीको उपचार र शल्यक्रिया कसरी गर्ने भनेर सबै अलमल्लमा परेको उनी बताउँछन् । कसलाई बचाउने र कसलाई छाड्ने भन्नेमा आफूहरूले अत्यन्तै कठिन छनोट गर्नुपरिरहेको उनले बताए ।

उच्च विदेशी ऋण र ठुलो स्तरको व्यापारिक घाटाले श्रलंकालाई टाट पल्टाएको स्थिति छ । यसकारण पनि त्यहाँ खानेकुरादेखि दैनिक उपभोग्य वस्तु र जरुरी सामग्रीहरूसमेत बाहिरबाट आयात गर्न सकिएको छैन । नतिजास्वरूप दुध पाउडर, खाना पकाउने ग्यास जस्ता अतिआवश्यक वस्तुहरू पाउन पनि सर्वसाधारणले धेरै संघर्ष गर्नुपरिरहेको छ ।

यसअघि सरकारले तत्कालका लागि कुनैपनि बाह्य ऋण नतिर्ने घोषणा गरेको थियो भने आईएमएफ लगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट मद्दत लिनेबारे छलफल गरिरहेको छ ।

258 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal