मिष्टर नेपालमा ३६ युवाको भिडन्त
काठमाडौंँ । ‘मिष्टर नेपाल २०२२’ मा ३६ युवा भिड्ने भएका छन् । छनोट चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागीता रहेको प्रतियोगीतामा देशभरबाट सहभागी छन् । प्रतियोगीतामा काठमाडौबाट एलिस गिरी, स्वराज श्रेष्ठ, प्रविन बिके, रोनिस खड्गी, प्रसन्न राई, श्रृजन पाठक, विकाश गमाल रहेका छन्, काभ्रेबाट आकाश भैला, बिशाल महत, योगेश लामा तामाङ, जीवन गिरीले भाग लिएका छन् ।
त्यस्तै आयुष खड्का धनुषा, कुसल नहर्की धादिङ, समिप शाही कैलाली, आयुष ढकाल, नुतन श्रेष्ठ, बिशाल कटुवाल, सविन श्रेष्ठ मोरङ, ईश्वर बोगटी, प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, कपालिक खनाल काभ्रेपलान्चोक, खिमराज शर्मा, सुरज आले बाँके, रुपेश महत्तो ललितपुर, रुपेश दाहाल, मानस कुमार राई ओखलढुङ्गा, डा. नरोतम तिवारी, प्रेम चन्द्र मण्डल पर्सा, प्रसिद्ध खाँड रुपन्देही, संजय पनेरु चितवन, नविन श्रेष्ठ नुवाकोट, अभिषेक चुडाल झापा, कैलास रावत कैलाली, दिपेन्द्र कुमार शर्मा सर्लाही रहेका छन् । यसपटक प्रतियोगीतामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत ब्यक्तित्वको समेत सहभागीता रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । प्रतियोगी अहिले अन्तिम प्रतिस्पर्धाको तयारी कक्षामा फिजिकल फिटनेश, मोटिभेसन सेसन, स्टेज पफमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्क्रिल लगायतका बिभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य लगायतबाट प्रशिक्षण लिइरहेका छन् । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार हुन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्य रहेको प्रतियोगीताको फाइनल स्पर्धा आगामी बैशाख ३ गते आयोजना हुदैछ । प्रतियोगीतामा आफुमा मनपरेको प्रतियोगीलाई जिताउन इसेवा मार्फत मिष्टर नेपाल सर्च गरेर भोटिङ समेत गर्न सकिनेछ । आगामि बैशाख ३ गते अन्तिम स्पर्धा हुने प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





