यस्तो छ सत्ता गठबन्धनका नेताको संयुक्त वक्तव्यः सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान

काठमाण्डौ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा आपसमा मिलेर अघि बढ्ने निर्णय गरेको हो ।
आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको र त्यसको टुङ्गो भोलि दिउँसो ४ बजे बस्ने बैठकले लगाउने सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, प्रधानमन्त्रीज्यूको अध्यक्षतामा पाँच दलीय उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । बैठकमा पालिका चुनावलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र पाँच दलको गठबन्धनद्वारा समर्थित उम्मेदवारलाई कसरी विजयी गराउने लगायत विषयमा छलफल भएको छ । फेरि यो बैठक भोलि ४ बजेका लागि बोलाइएको छ।
शीर्ष नेताले जारी गरेको संयुक्त अपिलमा चुनावमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरिएको छ । सत्ता गठबन्धनले पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरे पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन ।
तालमेलको मोडालिटी बन्न बाँकी छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पालिकाबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।
ताजा

रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी
२०८० जेष्ठ १५ गते, सोमबार
आज बजेट सार्वजनिक हुने
२०८० जेष्ठ १५ गते, सोमबार
१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा
२०८० जेष्ठ १५ गते, सोमबारसार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने
२०८० जेष्ठ ११ गते, बिहीबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी
२०८० जेष्ठ ११ गते, बिहीबार
अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !
२०८० जेष्ठ ११ गते, बिहीबार
नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम छैनन्ः सांसद भण्डारी
२०८० जेष्ठ ११ गते, बिहीबार
मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव
२०८० जेष्ठ ११ गते, बिहीबार
२०४६ सालयताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न सांसद विष्टको माग
२०८० जेष्ठ ११ गते, बिहीबारलोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार