५१ रनले हराउँदै नेपालले जित्यो उपाधि

काठमाडौं । नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी)लाई ५१ रनले हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ ।
दीपेन्द्रले अविजित ५४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले चार विकेट लिएपछि १६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६।१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।
मलेसिया र पीएनजी सहभागी शृंखलामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भयो । मलेसिया र पीएनजीले एक एक खेले जिते । नेपालले घरेलु मैदानमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो । यसअघि नेदरल्यान्ड र मलेसिया सम्मिलित ट्वान्टी–१० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखला पनि नेपालले जितेको थियो ।
दीपेन्द्रले चार ओभरमा १८ रन दिएर चार विकेट लिएपछि पीएनजीका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन् । तेस्रो ओभरमै ओपनर लेगा सिएकालाई गुमाएको पाहुना टोली पीएनजीले पाँचौँ ओभरमा कप्तान असद भालालाई गुमाएको थियो । दुबैले समान आठ रन बनाएका थिए । सिएकालाई करण केसीले आदिल आलममार्फत क्याच गरेका थिए भने भालालाई दीपेन्द्रले एलबीडब्ल्यू आउट गरेका थिए ।
दीपेन्द्रले लगत्तै टोनी उरालाई पनि पवेलियनको बाटो देखाए । उराले रनको खाता खोल्न सकेनन् । दीपेन्द्रले चार्लेस एमिनीलाई पनि सोमपाल कामीमार्फत क्याच गरे । एमिनी र सेसे बाउले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए ।
३८ बलमा १ चौका र ६ छक्कासहित ५९ रन बनाएका बाउले एक इन्डबाट विकेट सम्हाल्ने प्रयास गरे पनि अर्को इन्डबाट उनले साथ पाएनन् । १५.२ ओभरमा बाउ आउट भएपछि पीएनजीको आशा सकिएको थियो । पीएनजीले १६।१ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो ।
नेपालका दीपेन्द्रबाहेक करण केसीले तीन र सन्दीपले दुई विकेट लिए । त्यसअघि मध्यम सुरुआत गरेको नेपाल ११ ओभर सकिँदा ८२र२ को स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित तीन विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो । कामेयाले १२औँ ओभरको पहिलो बलमा आसिफ शेखलाई लेगा सिएकाको हातबाट क्याच गरेका थिए । त्यस्तै तेस्रो बलमा आरिफ शेख कप्तान असद भालामार्फत क्याच गरे । कामेयाले पाँचौँ बलमा दिलिप नाथलाई बोल्ड गरेका थिए ।
आसिफले २९ रन बनाए भने आरिफ र दीलिपले रनको खाता खोल्न सकेनन् । त्यसअघि कुशल भुर्तेल २५ र रोहितकुमार पौडेल दुई रन बनाएर पवेलियन फर्किएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । असिफ र दीपेन्द्रले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले आदिल आलमसँग पनि छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गरे ।
आदिल १५ रन बनाएर आउट भएपछि दीपेन्द्र र करणले आक्रमक ब्याटिङ गर्दे नेपालको इनिङ्स उकासेका थिए । दुईले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करणले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रन बनाए ।
दीपेन्द्रले आजै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए । पीएनजीका कामेयाले तीन विकेट लिए । चार सोपर, कबुवा मोरेया र रिले हेकुरेले एक एक विकेट लिए ।
ताजा

‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा
२०८० मंसिर १७ गते, आईतवार
‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा
२०८० मंसिर १७ गते, आईतवार
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
२०८० मंसिर १७ गते, आईतवार
अब काँग्रेस बलियो बन्छः देउवा
२०८० मंसिर १६ गते, शनिबार
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ
२०८० मंसिर १६ गते, शनिबार
अबको चुनाव कांग्रेस एक्लै लड्छः गगन थापा
२०८० मंसिर १६ गते, शनिबार
प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली
२०८० मंसिर १५ गते, शुक्रबार
नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी
२०८० मंसिर १५ गते, शुक्रबार
मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे
२०८० मंसिर १५ गते, शुक्रबार
राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए
२०८० मंसिर १५ गते, शुक्रबार
अर्थमन्त्रीलाई ४० करोडको आरोप
२०८० मंसिर १५ गते, शुक्रबारलोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार