“अनौठो माया”मा बिक्रम र दीपीकाको इन्ट्रि
काठमाडौं । चैत्र १८ गते प्रदर्शन हुने फिल्म ‘हेल्लो जिन्दगी’ मा समाबेश ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीत मंगलबार राजधानी आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । गीतमा अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचर छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् ।
प्रेसमिटमा निर्देशक बोहराले फिल्मका दुई अभिनेत्री प्रियंका कार्की र दीपीका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुखाए । ‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उनले भने,‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन । निर्देशक बोहराले नायिकाहरुले न्युनतम ब्याबसायिक धर्म पनि निर्वाह नगरे तापनि आफूहरु बिचलीत नभएको,बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै बिचार गर्ने बताए ।
कार्यक्रममा फिल्मकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावीत भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने बिश्वास लिएको बताइन् । अभिनेता बिक्रमले आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए । उनले भने,‘हाम्रो फिल्ममा नेपाल, भारत र युके,तीन देशका प्राबिधिकको मिहीनेत परेको छ । दर्शकसामु उच्च कोटीको फिल्म प्रस्तुत गर्नका लागि हामीले अत्यन्तै मिहीनेत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’ अभिनेता बिक्रम, निर्देशक बोहरा र नवअभिनेत्री बिभिया यही फिल्मको प्रमोशनका लागि केही दिनअघि मात्रै बेलायतबाट काठमाडौ झरेका हुन् । कार्यक्रममा फिल्मकी सहनिर्मात्री तथा अभिनेत्री सबिता गुरुङले आफूहरुले यो फिल्म पूरा गर्न निकै संघर्ष गरेको स्मरण गर्दै सफलता प्राप्त हुनेमा ढुक्क रहेको बताइन् । नवअभिनेत्री बिभियाले फिल्म निकै राम्रो बनेकाले आम दर्शकको रोजाइमा पर्ने धारणा ब्यक्त गरिन् । आइएनएस हल,गोंगबुमा आयोजीत कार्यक्रममा फिल्ममा समाबेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।

बेलायत र काठमाडौमा खिचिएको फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा,बिभिया श्रेष्ठ, सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त,मनोज केसी, ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । सुदीप कुँवर र मार्लाेभ ढुंगाना मुख्य सहायक निर्देशक रहेको फिल्मको कथा
निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा,सम्वाद निर्देशक बोहरासहित अभिमन्यु निरवीले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
ताजा
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





