कमल थापा आज उच्च अदालत जाँदै

२०७८ चैत्र १३ गते, आईतवार

काठमाडौैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले मुद्या हालेका छन् । राणाले आफूहरुको पार्टी थापालाई बुझाउनुको कुनै वैधानिकता नभएको भन्दै आएका छन् । पार्टीको वैधानिकताको विषय उच्च अदालत पुगेको हो ।
फाल्गुण २९ गते पेशी तोकिएकोमा सरेको थियो । यसको आज फेरि पेशी तोकिएको छ । निर्वाचन आयोगले जवाफ नपठाएकाले पेशी सरेको राणाले जनाए । राणाले निर्वाचन आयोग पनि कुनै स्वार्थमा रुमलिएको आरोप लगाएका छन् । थापाले आफूमाथि उठेका प्रश्नको जवाफ उच्च अदालतलाई दिइसकेका छन् । उनले अरुलाई उच्च अदालतमा लिखित जवाफ पठाएका हुन् । निवर्तमान अध्यक्ष लाक्पा तामाङसहित पदाधिकारी भनिएका अन्यलाई पनि थापाले उच्च अदालतमा पठाएको जवाफमा पार्टी कार्यालयमा कार्यरत भनेका छन् । लाक्पाले फाल्गुण १ गते थापालाई पार्टी बुझाएका थिए । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि विचलित बनेका थापाले माघ २५ गते गृहजिल्ला मकवानपुर पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
थापा अध्यक्ष भएको वैध नभएको भन्दै राणाले उच्च अदालत पाटन पुगेर मुद्या दायर गरेका हुन् । राणाले राप्रपा नेपाल आफूहरुको भएको पनि दाबी गरेका छन् । पार्टीमा कुनै निर्णय नै नभई तत्कालीन अध्यक्ष लाक्पा तामाङले थापालाई पार्टी बुझाएको उनको आरोप छ । ‘यो पार्टी हामीले बनाएका हौं, लाक्पालाई मात्र एकलौटी निर्णय गर्ने अधिकार थिएन’ राणाले भने ‘खोई, के लोभले थापालाई पार्टी बुझाए भन्नेमा अझैसम्म अन्यौल छ, त्यहाँभित्र पनि धेरै चलखेल भयो भन्ने सुनिएको छ ।’ राणाले राप्रपा नेपालका सबैजसो पदाधिकारी आफूसँग नै भएको दाबी गरेका छन् । पार्टी पद्धतिविपरीत जाने लाक्पा र अर्काको पार्टी कब्जा गर्न आउने कमल थापाविरुद्ध राणा खनिएका छन् । राणाले थापालाई हिम्मत भए अर्कै पार्टी खोलेर देखाउनसमेत चुनौती दिएका छन् । पार्टीमा विवाद भएपछि नै राणाले वालाजुमा केन्द्रीय कार्यालय स्थापना गरेका छन् ।
२०७३ सालमा भएको राप्रपाको एकता महाधिवेशनमा राणा अध्यक्षमा थापाको प्रतिस्पर्धामा थिए । त्यतिबेला पनि आफूले झण्डै एक हजार मत ल्याएको तर थापाकै सेटिङमा थोरै मत देखाइएको पनि राणाको आरोप छ । राणाले थापालाई आफ्नो पार्टीमा प्रवेश गर्ने ठाउँ नभएको भन्दै आएका छन् । उच्च अदालतबाट पार्टी आफूहरुले नै पाउने समेत राणाको विश्वास छ । राणाले शक्तिको आडमा थापाले राप्रपा नेपाल आफ्नो पक्षमा पार्न खोजे पनि त्यो सम्भव नहुने बताएका छन् ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal