काङ्ग्रेस नै अन्तिम विकल्प हो भन्ने जनताले बुझिसकेः कांग्रेस नेता शाही

२०७८ चैत्र १३ गते, आईतवार

काङ्ग्रेस नै अन्तिम विकल्प हो भन्ने जनताले बुझिसकेः कांग्रेस नेता शाही
काठमाडौं । नेपाली कांग्रेस जुम्लाका सचिव लक्ष्मण शाहीले पार्टीले चलाएको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान प्रभावकारी भएको बताएका छन् । उनले निर्वाचन लक्षित यो कार्यक्रमबाट गाउँमा जनता उत्साहित भएको र कांग्रेसप्रति थप विश्वास बढेको स्पष्ट पारे ।
‘ अभियान धेरै उपलब्धीमूलक छ, अबको विकल्प कांग्रेस नै हो भन्ने बुझाउन सफल भएका छौं’ उनले भने ‘ कांग्रेस के हो र यसले हिजो के गरेको थियो र भोलि के गर्छ भन्ने बुझाइयो भनें धेरै कुरा गर्नै पर्दैन ।’ उनले विपक्षीहरुले सरकारले चुनाव गराउँदैन कि भनेर आलोचना गरिरहेका बेला घोषणा भएको र प्रक्रियामा अघि बढेको निर्वाचनले नेता तथा कार्यकर्तामा उत्साह थपिएको उल्लेख गरे ।


‘लोकतन्त्रलाई स्थापित गर्न र संविधानको रक्षा गर्न पनि निर्वाचन अपरिहार्य छ, अब देश चुनावमय भइसक्यो’ उनले जुम्लाबाटै भने ‘ निर्वाचनमा जान कुनै पनि पार्टी डराउनु् हुँदैन ।’ उनले जित र हारको कुरालाई लिएर कसैले पनि निर्वाचन भाँड्न नहुने बताए ।’ उनले सबै नेता तथा पार्टीका कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।
सरकारले माघ २४ गते आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि देशव्यापी रुपमा नेता तथा कार्यकर्ताहरु उत्साहित भएका छन् । शाही गत निर्वाचनमा कांग्रेसको तर्फबाट हिमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार भएका थिए । निर्वाचन हारे पनि उनी जनताबाट कहिल्यै टाढा भएनन् । उनले आफू पदमा भए पनि नभए पनि सधैं गाउँवासी, जिल्लावासी र देशवासीको सेवा गर्ने जनाएका छन् । उनले कोरोना संक्रमणको सबै चरणमा जिल्लामा मास्क, सेनिटाइजर वितरण गर्नुका साथै स्वास्थ्य सचेतना पनि बाँडेका थिए । उनले जनता प्रमुख कुरा भएकाले सधैं दुःखमा सहयोग गर्ने र सुखमा हाँस्ने बताएका छन् । सचिव शाही जिल्लाका विभिन्न कार्यक्रममा पनि सहभागी भएका छन् । विभिन्न पुरस्कार वितरणका साथै पार्टी सदस्य बनाउन पनि सक्रिय छन् । गाउँघरमा जाँदा स्थानीयले उनलाई फूलमाला लगाएर स्वागत पनि गरेका छन् । उनले केही समयअघि हिमा गाउँपालिका –१ बड्कीमा रहेको कालिका माविलाई शैक्षिक सुधारको लागि भन्दै १ लाख ५१ हजार १ सय ५१ रुपिँया उपलब्ध गराएका छन् ।
उनले कांग्रेसले पार्टीभित्रको आन्तरिक द्धन्द्धलाई व्यवस्थापन गर्दै निर्वाचनमा जानुपर्ने बताएका छन् । ‘कांग्रेस कतै पनि कमजोर छैन तर कहिलेकाहीँ आन्तरिक रुपमा नै संकट देखिन्छ भोलिको दिनमा त्यसलाई ख्याल गर्नुपर्छ’ उनी भन्छन् ।

183 Views

ताजा

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal