राष्ट्रघाती एमसीसी पक्षधरसँगको हिसाबकिसाब चुनावी मैदानमाः अरुण घिसिङ

२०७८ चैत्र १३ गते, आईतवार

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी जिल्ला समिति स्याङ्जाको आयोजनामा जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम स्याङ्जाको वालिङस्थित तमु भवनको हलमा हिजो सम्पन्न भयो । लामो समयदेखि राष्ट्रघाती एमसीसी विरुद्ध आन्दोलनरत माओवादी समाजवादी हाल देशभर एमसीसी विरुद्धको अभियानसहित संगठन विस्तारमा व्यस्त देखिन्छ ।
स्याङ्जाको वालिङमा भएको एमसीसी विरुद्धमा आयोजना गरिएको उक्त पार्टीको जिल्ला भेला र प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि माओवादी समाजवादीका केन्द्रीय सचिब तथा प्रवक्ता अरुण घिसिङले भेलालाई सम्बोधन गर्दै एमसीसीको पक्षमा उभिएका कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका उम्मेदवारलाई ठाउँको ठाउँमा हिसाबकिताब गर्न कार्यकर्तालाई निर्देशन दिनु भयो । प्रवक्ता घिसिङले एमसीसी जस्ता राष्ट्रघाती अमेरिकी परियोजनालाई पास गरेर राष्ट्रिय स्वाधीनता माथि कुठाराघात गरेको र व्याख्यात्मक घोषणाको नाममा जनतालाई दिग्भ्रमित पार्दै राष्ट्र र जनता माथि धोका दिएको आरोप लगाए । प्रवक्ता घिसिङले देश र जनताको हितका खातिर एमसीसी पक्षधर पार्टीलाई स्थानीय निर्वाचनबाट धुलो चटाउन आमा जनलालाई आह्वान समेत गर्नु भयो ।
उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा तमुवान गण्डक प्रदेश इन्चार्ज भोजराज त्रिपाठीले शुभकामना मन्तव्य र इश्वर शास्त्रीले स्वागत मन्तव्य राख्नु भएको थियो । भेलाले भोवन सिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय स्याङ्जा जिल्ला समिति चयन गर्दै माओवादी समाजवादीको स्याङ्जामा पार्टीको बलियो उपस्थिति देखाएको छ । भोवन सिंह गुरुङको सभापतिमा भएको भेला तथा प्रशिक्षण कार्यक्रम बाबुराम मिजारको सञ्चालनमा सम्पन्न भएको थियो ।

246 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal