प्रधानमन्त्रीको दिमाग खुस्केको हुनुपर्छः भीम रावल

२०७८ फाल्गुन ३० गते, सोमबार

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि ‘एमसीसीको गलत प्रचार गरेको’ भनेर लगाएको आरोपबारे एमाले नेता भीम रावलले जवाफ दिएका छन् ।
प्रधानमन्त्रीले नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै एमसीसी केपी ओली नेतृत्वको मन्त्रिपरिषदले संसदमा पेश गर्ने निर्णय गरेको र त्यो मन्त्रिपरिषदमा रावल उपप्रधानमन्त्री रहेको बताएका थिए ।

प्रधानमन्त्रीले रावलप्रति आक्रोश पोख्दै भनेका थिए ‘आफू रक्षामन्त्री हुँदा पास गर्ने, क्याबिनेटबाट पास गरेर संसदमा ल्याउने र संसरबाट पास गर्नुपर्छ भनेर निर्णय गर्ने अनि अहिले मैले ओलीजीले ल्याउनुभएको प्रस्ताव ल्याउँदा किन टाउको दुख्ने ? त्यो बेला मन्त्री हुँदा टाउको नदुख्ने । त्यो बेला दिमाग खुस्केको थियो ?’ प्रधानमन्त्रीको यो अभिव्यक्ति झुटो भएको बताउँदै रावलले उल्टै प्रधानमन्त्रीकै दिमाग खुस्केको टिप्पणी गरेका छन् ।

रावलले सामाजिक संजालमार्फत केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आफू उपप्रधानमन्त्री र रक्षामन्त्री भएको र त्यतिबेला एमसीसी संसदमा पेश गर्ने निर्णय नभएको प्रस्ट पारेका छन् । केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले एमसीसी संसदमा पेश गर्ने निर्णय गरेको र त्यतिबेला आफू मन्त्रिपरिषदको सदस्य नै नरहेको बताउँदै रावलले प्रधानमन्त्री देउवाले तथ्यहीन र झुटो कुरा गरेको र उनकै दिमाग खुस्किएको हुनुपर्ने बताएका छन् ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal