माओवादी युद्धलाई गलत अर्थ्याएको छैनः प्रकाश सपुत

२०७८ फाल्गुन ३० गते, सोमबार

काठमाण्डौ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएको स्पष्ट पारेका छन् ।

आज सोमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताएका छन् । उनले समानताका लागि लडेकाहरू बीचको असमानाको दुरी देखाउन खोजेको बताए । एक आम नागरिकले सरकारसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्न कोसिस गरेको भन्दै उनले यो विषयमा सञ्चारमाध्यममा पढिँदै, लेखिँदै आएको र स्वीकारिएको विषयसमेत भएको प्रस्ट पारेका छन् ।

सपुतले आफूले कसैको सहयोग र सल्लाहमा नभइ आफ्नै सोच र विचारले यो गीत बनाएको भन्दै यसलाई राजनीति गरेर कुनै कित्तामा नउभ्याइदिन पनि आग्रह समेत गरेका छन् । भिडियोमा भएका कुनै दृष्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा माफी माग्दै सपुतले भनेका छन् ’सिर्जना र स्वतन्त्रताको कुरा गरौँ । तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।’

यस्तै उनले भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, सङ्गत गरेका चरित्रलाई गीतमा उतारेको उनले फेसबुकमार्फत उल्लेख गरेका छन् । सपुतले माओवादी युद्धमा लागेका तत्कालीन लडाकुले अहिले जीवन निर्वाह गर्न सङ्घर्ष गर्नुपरेको र देह व्यापारमा समेत लाग्नुपरेको लगायतका विभिन्न पक्षलाई समेटेर गीत ल्याएछि केहीले आलोचना गरेका छन्, धेरैले समर्थन गरेका छन् ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal