महिला दिवसको अवसरमा नीति पुनरावलोकन परामर्श गोष्ठी सम्पन्न

२०७८ फाल्गुन २९ गते, आईतवार

शर्मिला विश्वकर्मा
काठमाडौं । अपाङ्गता भएका महिलाहरुको आर्थिक अधिकार, वित्तिय न्याय र समावेशीकरणका लागि सरोकारवाला निकायहरुसँग परामर्श गोष्ठीमा नेत्रहिन महिला संघ नेपालकी अध्यक्ष सिता सुवेदीले बैङ्किङ् तथा वित्तिय संस्था वा न्यायका सवालमा राज्यले निर्माण गरेका नीति नियमहरु कार्यन्वयन हुन नसकेको बताउनु् भयो । यसै क्रममा उहाँले यस सवालमा सरोकारवाला निकायहरुले बेवास्ता गरेको गुनसो पनि गर्नु भयो ।
११२ औं आन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा नेत्रहिन महिला संघ नेपालको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशन एलायन्स फर सोसल डाइलगको सहयोगमा अपाङ्गता भएका महिलाहरुको आर्थिक अधिकार, वित्तिय न्याय र समावेशीकरणका लागि सरोकारवाला निकायहरुसँग परामर्श गोष्ठी गरिएको हो ।
यसै क्रममा नेत्रहिन महिला संघका परामर्शदाता राम गुरुङ्गले अपाङ्गतामा पनि दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई वित्तिय संस्थाहरु तथा बैंकहरुमा सेवा लिन निकै चुनौती रहेको बताउनु भयो ।
त्यसै गरी महिला तथा बालबालिका विभागका महानिर्देशक कृष्णप्रसाद पराजुलीले यस गोष्ठीमा आएका सल्लाह सुझाबलाई कार्यन्वयनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।
परामर्श गोष्ठी स्पाइनलकर्ड ईन्जुरी खेलकुद संघका अध्यक्ष देवि आर्चायले नीजि तथा सरोकारवाला निकायहरुले सार्वजनिक सेवा प्रदान गर्ने निकाय तथा अपाङ्गता अनुकुलको बनाइनु पर्ने बताउनु भयो ।
त्यसै गरी ब्राइट सोसाइटी नेपालका कोषाध्यक्ष शुशिल अधिकारीले बैंक तथा वित्तिय संस्थाका सेवा तथा प्रविधिहरुलाई अपाङ्गता अनुकुल बनाइनु पर्ने बताउनु भयो भने द लेप्रोसी मिसन नेपालका रोजगार परामर्शदाता किर्तन श्रेष्ठ र दुलालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार उपलब्ध गराउने, बैंङ्किङ सेवा तथा वित्तिय सेवा उपलब्ध गराउने निकायहरुलाई राज्यले कर छुट वा अपाङ्गता मैत्री संरचना निर्माणका लागि सहयोग गर्नु पर्ने बताउनु् भयो ।
ललितपुर महानगरपालिकाकी अधिकृत निरा अधिकारीले राझयले अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता होइन सरकारलाई कर तिर्ने सक्ने हैसियत राख्ने बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा अधिकृत नरबहादुर चन्दले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्न सरोकारवाला तथा सेवा प्रदान गर्ने निकायहरुलाई अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले जनचेतना जगाउनु पर्ने बताउनु भयो ।
यसै क्रममा राष्ट्रिय अपाङ्ग कोषका सभापति तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष रमेश लामाले सार्जनिक सेवा प्रदान गर्ने निकायहरुले अपाङ्गताको विषयमा उनीहरुको क्षमता र दक्षाताको पहिचान गर्नु पर्ने र यस विषयमा आफ्नो तर्फबाट जनचेतनाका लागि पहल गरि रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागि दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुले अधिकाशं बैंकहरुले दृष्टिविहिन अपाङ्गता भएकै कारण खाता खोल्न नदिने, खाता खोले पनि चेक, एटिएम कार्ड, बैंङ्किङ् सेवा नदिने गुनासो गर्नु भएको थियो ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal