‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि

२०७८ फाल्गुन २९ गते, आईतवार

कठमाडौं । ‘हेल्लो जिन्दगी’ फिल्ममा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ ।

बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् । युकेका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमी जोडीको प्रेमाभाव प्रस्तुत गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,बिभिया श्रेष्ठ,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal