गायक प्रकाश सपूतलाई सुरक्षा खतरा

२०७८ फाल्गुन २९ गते, आईतवार

काठमाडौँ । माओवादी द्वन्द्वले पारेको कारुणिक पीडालाई उजागर गरेका गायक प्रकाश सपूतलाई सुरक्षा खतरा बढेको छ ।

माओवादी द्वन्द्वले दिएको पीडासम्बन्धी म्युजिक भिडियोको चर्चा चुलिरहेको बेला उहाँलाई माओवादी नेताहरूले धम्काउन थालेका छन् । सपूतलाई माओवादी सम्बद्ध सङ्गठनका पदाधिकारीले युट्युबबाट भिडियो हटाउन धम्की दिइरहेका छन् ।

माओवादी सम्बद्ध अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भिडियो नहटाए चुप नलाग्ने भन्दै धम्की दिएकी हुन् । सामाजिक सञ्जालमा पनि उनी विरुद्ध धम्की आइरहेका छन् ।

माओवादी केन्द्रीय सदस्य दीपशिखाले पनि सपुतलाई चेतावनी दिएका छन् । उनले म्युजिक भिडियोमा देखाइएको कतिपय दृश्य आपत्तिजनक मात्र नभई दण्डनीय भएको बताएका छन् ।

प्रकाश सपूतको पीर दियो बोलको गीत यति बेला युट्युबमा ट्रेन्डिङमा छ । युट्युबमा राखेको भिडियो अहिलेसम्म १२ लाखभन्दा बढिले हेरिसकेका छन् ।

माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतको अभिनय रहेको छ ।

भिडियोमा माओवादीका पूर्व लडाकुहरू विदेशिन बाध्य भएको देखि पेट पाल्नका लागि यौन पेसामा लाग्न बाध्य भएको कारुणिक कथा छ ।

215 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal