गायक प्रकाश सपूतलाई सुरक्षा खतरा

काठमाडौँ । माओवादी द्वन्द्वले पारेको कारुणिक पीडालाई उजागर गरेका गायक प्रकाश सपूतलाई सुरक्षा खतरा बढेको छ ।
माओवादी द्वन्द्वले दिएको पीडासम्बन्धी म्युजिक भिडियोको चर्चा चुलिरहेको बेला उहाँलाई माओवादी नेताहरूले धम्काउन थालेका छन् । सपूतलाई माओवादी सम्बद्ध सङ्गठनका पदाधिकारीले युट्युबबाट भिडियो हटाउन धम्की दिइरहेका छन् ।
माओवादी सम्बद्ध अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भिडियो नहटाए चुप नलाग्ने भन्दै धम्की दिएकी हुन् । सामाजिक सञ्जालमा पनि उनी विरुद्ध धम्की आइरहेका छन् ।
माओवादी केन्द्रीय सदस्य दीपशिखाले पनि सपुतलाई चेतावनी दिएका छन् । उनले म्युजिक भिडियोमा देखाइएको कतिपय दृश्य आपत्तिजनक मात्र नभई दण्डनीय भएको बताएका छन् ।
प्रकाश सपूतको पीर दियो बोलको गीत यति बेला युट्युबमा ट्रेन्डिङमा छ । युट्युबमा राखेको भिडियो अहिलेसम्म १२ लाखभन्दा बढिले हेरिसकेका छन् ।
माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतको अभिनय रहेको छ ।
भिडियोमा माओवादीका पूर्व लडाकुहरू विदेशिन बाध्य भएको देखि पेट पाल्नका लागि यौन पेसामा लाग्न बाध्य भएको कारुणिक कथा छ ।
ताजा

चागुनारायण ८भक्तपुरमा राप्रपाको जीत सुनिश्चित
२०७९ बैशाख २३ गते, शुक्रबार
चागुनारायण ८भक्तपुरमा राप्रपाको जीत सुनिश्चित
२०७९ बैशाख २३ गते, शुक्रबार
माओवादी त्यागी राप्रपाको वडा अध्यक्ष उम्मेदवार
२०७९ बैशाख २० गते, मंगलवार
म कुनै पनि हालतमा ब्याक हुन्नः कांग्रेस नेता जगन्नाथ पौडेल
२०७९ बैशाख १६ गते, शुक्रबार
मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य
२०७९ बैशाख १६ गते, शुक्रबार
मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग
२०७९ बैशाख १६ गते, शुक्रबार
उमेदवारी फिर्ता गराउन धम्की नदिनूः निर्वाचन आयोग
२०७९ बैशाख १६ गते, शुक्रबार
‘बागी’ उम्मेदवारहरुलाई पार्टीबाट निष्कासन गर्ने कांग्रेसको चेतावनी
२०७९ बैशाख १६ गते, शुक्रबार
आज साँझ ५ बजे अन्तिम नामावली प्रकाशन
२०७९ बैशाख १६ गते, शुक्रबार
महेश बस्नेतले दिए गगन थापालाई बोकाको संज्ञा
२०७९ बैशाख १५ गते, बिहीबार
स्थानीय निर्वाचन स् भोट माग्दै घरदैलोमा उम्मेदवार
२०७९ बैशाख १५ गते, बिहीबारलोकप्रिय
दाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?
२०७८ असार २४ गते, बिहीबार