ब्युटिसियन ट्यालेन्ट नेपालको खोजी सुरु

२०७८ फाल्गुन २९ गते, आईतवार

काठमाडौ । नेपालका ब्युटिसियनहरुको ब्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि बिगत चार वर्षदेखि हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगिको खोजी सुरु भएको छ ।
रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लि.ले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् ।
चौथो ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को चयन आगामी चैत २५ गते शुक्रबार काठमाडौंमा गरिने भएको छ । जसका लागि चैतको पहिलो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर ७ चैतबाट प्रशिक्षण सुरु गरिने पनि बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् ।
बिगत झैं यसपटक पनि प्रतियोगीहरुलाई दुई साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई बतृत्वकला, ब्यक्तित्व विकाश, क्याटवाक, गु्रमिङ, मिडिया क्लास, मार्केटिङ क्लास, केराटिन ट्रिटमेन्ट क्लास, नेल आर्ट, जुरो, मोडर्न हेयर स्टाईल, सेल्फ मेकअप, रशियन हेयर, फिल्म क्यारेक्टर मेकअप क्लास जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ ।
प्रक्षिथार्थीलाई प्रशिक्षणको क्रममा टि सर्ट, फाईनल शोको लागि पार्टी गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । बिजेता सहित फस्ट, सेकेन्ड रनर अप र पपुलर उपाधि बिजेतालाई क्राउन, ट्रफी सहित विभिन्न पुरस्कार, काठमाडौं, पोखरा, कुस्माको दुई रात ३ दिनको आकर्षक टुर, निशुल्क फोटो शेसन, बिजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेशन सोहरुमा मेकअप तथा अन्य कामको अबसर प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले रोज सिप विकाश तालिक केन्द्र रविभवन तथा विलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतलीसडकबाट फारम लिन सक्ने छन् ।

88 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal