युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार मार्ता
एजेन्सी / युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरूपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन् ।
गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर थिए । उनी आमरूपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिन् ।
रुसले जब युक्रेनमाथि हमला गर्यो, त्यो समय मार्ता ब्रिटेनमा आफ्नो युनिभर्सिटीका साथीहरूलाई भेट्न आएकी थिइन् । यस्तो अवस्थामा किभमा भएको हमलाको खबर सुनेर र देखेर उनी डराएकी थिइन् । त्यसपछि मार्ताले जुन काम गरिन्, त्यो कामले उनलाई रातारात ‘टिकटकको प्रभावशाली व्यक्ति’ बनाइदियो ।
तीन भाषा बोल्छिन् मार्ता
२३ फेब्रुअरीपछि युक्रेनमा चलिरहेको संघर्षसँग जोडिएको जुन भिडियो उनले शेयर गरेकी छन्, त्यसमा करोडौं भ्युज छ । टिकटकमा धेरै व्यक्ति, खासगरी युवा जमात युक्रेनसँग सम्बन्धित खबर र भिडियोका लागि मार्तामाथि नै भरोसा गर्न थालेका छन् । ‘म मानिसहरूलाई युक्रेन केवल युक्रेनका मानिसको समस्या होइन, यो हरेक व्यक्तिको समस्या रहेको सम्झाउन चाहन्छु’, उनी भन्छिन् ।
मार्ता धाराप्रवाह युक्रेनियन, रसियन र अंग्रेजी बोल्छिन् । जसै उनले युक्रेनमाथि रुसले आक्रमण गरेको खबर सुनिन्, उनी टेलिग्राम मेसेन्जिङ एपमा युक्रेनको च्यानल खोज्न थालिन् । टेलिग्राम मेसेन्जिङ एप युक्रेनमा निकै लोकप्रिय छ ।
यी च्यानलमा युक्रेनका व्यक्तिहरू लगातार भिडियो अपलोड गरिरहेका थिए । मार्ताले यस्तो भिडियोलाई ‘सेभ’ गर्न थालिन् । ‘मेरो फोन यिनै भिडियोका कारण पूर्ण रूपमा भरिएको छ । सबै खबर मैले पाइरहेकी छु’, उनले भनेकी छन् ।
यसपछि मार्ता यी भिडियोको सत्यता पुष्टि गर्न जुटिन् । यसमा आएको कमेन्ट हेरिन् । ‘म यो देख्न सक्थेँ कि मानिसहरु यो सत्य हो भनिरहेका थिए । उनीहरूले यस्तो युक्रेनमा चलिरहेको बताएका थिए’, उनी सम्झन्छिन् ।
त्यसपछि उनले टिकटकमा भिडियो पोस्ट गर्न सुरु गरिन् र पोस्ट गरेपछि उनी सुतिन् । ‘जब म बिहान उठे र टिकटक हेरेँ, ती भिडियोमा त ९० लाख बढी भ्युज पुगिसकेको रहेछ’, मार्ता भन्छिन् ।
१७ मिलियन बढी लाइक्स
मानवीय संकटको बेला सामाजिक सञ्जालको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सेम ग्रेगरी ध्यान दिइरहन्छन् । उनका अनुसार टिकटकको अल्गोरिथम टपिकमा आधारित हुन्छ । ‘तपाईंको रुचिको हिसाबले कन्टेन्टलाई राख्ने गरिन्छ । यस्तोमा यदि तपाईं युक्रेनमा रुची राख्नुहुन्छ भने तपाईंले युक्रेन या युक्रेनसँग जोडिएको कन्टेन्ट बढी हेर्न पाउनुहुन्छ’, सेम भन्छन् ।
यसरी नै अल्गोरिथमले मार्ता जस्ता कन्टेन्ट क्रिएटरलाई सहयोग गर्यो र उनी रातारात ‘प्रभावशाली’ बन्नेतर्फ अघि बढिन् । मार्ताको भिडियोलाई १७ मिलियन बढी लाइक मिलेको छ भने हाल उनको फलोअर्स संख्या करिब दुई लाख पुगेको छ ।
अहिले पनि उनलाई यो संख्यामा भरोसा हुन सकेको छैन । उनी आफ्नो फोनको पोस्टमा प्राप्त प्रतिक्रियाको नम्बर पढ्दै भन्छिन्,‘यी नम्बरहरूलाई मैले सम्झन सकेकी छैन ।’
यद्यपि विशेषज्ञहरूले टिकटक ग्राउण्डबाट आएको भिडियोहरूका लागि राम्रो हुनसक्ने भए पनि यो प्लेटफर्मममा गलत जानकारी पनि पाइने गरिएको चेतावनी दिएका छन् । मार्ता कन्टेन्टलाई भेरिफाइड गर्ने प्रयास गर्नु आफैंमा एक मुस्किल काम भएको स्वीकार्छिन् ।
भलै कोही भिडियो युक्रेनकै किन नहोस्, मानिसहरू युक्रेनी भाषा नै बोलिरहेका किन नहुन् । तर पनि भिडियोहरू देशको पूर्वी हिस्सामा सन् २०१४ देखि सुरु भएको लामो संघर्षलाई दर्साउँछ । उनी आफू भिडियो भेरिफाइड गर्ने मामलामा विशेषज्ञ नभएको स्पष्ट पार्छिन् ।
मार्ताले जुन भिडियो पोस्ट गरेकी छन्, त्यसमा केहीको बीबीसी न्युजसमेतका मिडिया आउटलेट्सले पुष्टि गरेका छन् । मार्ता केही व्यक्ति परम्परागत न्यूज आउटलेटको सट्टा उनको जस्तो सामाजिक सञ्जालको स्रोतबाट खबर लिन मनपराउँछन् । ‘केही मानिस व्यावसायिक पत्रकार, यहाँसम्म कि आधिकारिक स्रोतमाथि पनि विश्वास गर्दैनन्’, उनी भन्छिन् ।
माताको परिवार युक्रेनमा छन् र उनीहरू मार्ताको सुरक्षालाई लिएर चिन्तित छन् । तर यस्ता भिडियोलाई शेयर गरेर आफूले युवा दर्शकलाई सहयोग गरिरहेको मान्छिन् ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





