ललितपुरमा एकै घरका चार जना निस्सासिएर मृत्यु
२०७८ फाल्गुन २३ गते, सोमबार
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका चारजना निस्सासिएर मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए । एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु छन्।
दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको र घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ । सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
94 Views