अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गरे । यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताए ।
प्रधानमन्त्री देउवाले शेर्पा समुदायको नयाँ वर्ष २१४९ ले नेपालीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याइ राष्ट्रिय एकतामा थप बल पु(याउने विश्वास लिएका छन् ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार