फेरि पनि गोरखाका माओवादी कांग्रेसमा प्रवेश, सांसद् दवाडीले दिए सदस्यता

काठमाडौं । गोरखाका माओवादी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गोरखाको क्षेत्र नम्बर २ को (ख) प्रदेशका नेपाली कांग्रेसका सांसद् प्रकाशचन्द्र दवाडीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँराको माझथरमा आयोजित कार्यक्रममा सांसद् दवाडीले माओवादीको लालकिल्ला मानिने त्यो ठाउँका माओवादीलाई कांग्रेस बनाएका हुन् । नेपाली कांग्रेस वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा उत्साहपूर्ण उपस्थिति रहेको थियो । माओवादीले आफूहरुलाई झुक्याएको र जनताको काम नगरेको भन्दै माओवादीहरुले कांग्रेस प्रवेश गरेको जनाएका छन् । माझथरका ३६ जना युवाहरू कांग्रेस प्रवेश गरेको सांसद् दवाडीले जनाएका छन् । उनीहरुले कांग्रेस नै राजनीतिको अन्तिम विकल्प भएकाले कांग्रेस रोजेको पनि स्पष्ट पारेका छन् । यही साता वडा नम्बर ८ को पन्द्रुङको जराङका माओवादी पनि कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई पनि सांसद् दवाडीले नै सदस्यता वितरण गरेका थिए । कांग्रेस हुनेबित्तिकै उनीहरुले ‘जय नेपाल’ भनेर सम्बोधन गरेका थिए ।
‘मेरो राजनीति समाजकै सेवाको लागि, मेरो राजनीति तपाईंहरुकै टेवाको लागि’ भनेर नारा बनाएका सांसद् दवाडीले त्यही भावना अनुसार काम पनि गर्दै आएका छन् । उनी केही दिनदेखि जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त छन् ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार