आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा
२०७८ फाल्गुन १९ गते, बिहीबार
काठमाडौं । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
सरकारी कार्यालयदेखि सङ्घसंस्थाका सेवा आज बन्द रहनेछन् । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
117 Views