सम्पादक राईको स्मृतिमा सभा सम्पन्न

२०७८ फाल्गुन १६ गते, सोमबार

काठमाडौं । हलेसीे प्रतिष्ठानले प्रभाव राष्ट्रिय दैनिकका सम्पादक दिवंगत कमलराज राईको स्मृतिमा शनिबार शोकसभा आयोजना गरेको छ । चाबाहिलस्थित ए वान पार्टी प्यालेस एण्ड क्याफेमा आयोजित शोकसभामा विभिन्न क्षेत्रका व्यक्तिहरूले दिवंगत राईको योगदानबारे चर्चा गरेका थिए ।

सो कार्यक्रममा प्रभाव राष्ट्रिय दैनिकका पत्रकार दीपा सुनुवारले उनको जीवनीका बारेका बताएकी थिइन् । उनले दिवंगत राईले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान र सामाजिक जीवनका बारेमा चर्चा गरेकी थिइन् । शोकसभामा बोल्दै विकास राईले दिवंगत राई समाजिक कार्यमा निकै अग्रसर थिए । उनी गाँउमा एक प्रतिभाशाली व्यक्ति रहेको कार्यक्रममा बताएका थिए ।

यस्तै, कार्यक्रममा किशोर राईले सम्पादक राई एक आदर्श पात्र भएको बताएका थिए । उनले शोकमा भएका परिवारलाई ‘किराँती मर्ने हैन सर्ने’ बताउँदै बलियो बन्न सहयोग गर्ने बताए । उनी निकै मिलनसार व्यक्तित्व भएका एक आदर्श पात्र भएको उनले बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यसमिति सदस्य रमेशकुमार बोहोराले दिवंगत राईको स्मृतिमा अक्षय कोष स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले भने ‘आँखामा राख्दा पनि नबिजाउने मान्छे हुन् कमलजी ।’ कोभिडको समयमा धेरैलाई सहयोग गरेको, ट्रान्स्पोर्ट टिमलाई परिचालन गर्न उनले विशेष सहयोगसमेत गरेको स्मरण गरेका थिए । ‘धेरै कोभिड संक्रमितलाई बचाउने कमलजीलाई बचाउन असफल भएकोमा मलाई निकै दुःख लागेको छ’, उनले भने, ‘स्वर्गीय राईको स्मृतिमा आजीवन अक्षय कोषले सधैं उनले गरेको कामको सम्झना हुने र प्ररित गर्ने छ ।’

सभामा सामाजिक लोकतान्त्रिक पार्टीका नेता कुमार राईले भने, ‘राईको असमायिक निधनले समाजलाई निकै क्षति भएको बताए । उनको आत्माले शान्ति पाओस् । शोकमा परेकी उनकी पत्नीलाई ईश्वरले सान्त्वना दिऊन् ।’
सभामा दिवंगत राईकी जीवनसंगी लालसरा राईले दुःखको समयमा सान्त्वना दिने र सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘उहाँका बाँकी रहेका सबै इच्छा पूरा गर्नु छ, आठ वर्षको यात्रामा मात्र उहाँ रहनुभयो मसँग’ । उनले कार्यक्रममा उनका बारेमा जीवनी पुस्तकका रूपमा प्रकाशन गर्ने बताइन् । कार्यक्रममा उनले प्रभाव पब्लिकेशनलाई निरन्तरता दिने अठोट पनि व्यक्त गरेकी थिइन् । उनले आफ्ना पतिको मृत्युपछि बजारमा प्रभाव पब्लिकेशन बन्द हुने हल्ला चलाइएकोमा असन्तुष्टि व्यक्त गरिन् । उनले बजारीया हल्लाको पछि नलाग्न पनि उनले सुझाव दिइन् । उनले आफ्ना पति दिवंगत राईले पढेको विद्यालयमा एक लाखको स्मृति कोष स्थापना गर्ने योजना रहेको बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डिकेन्द्र बहादुरले देशले एक होनहार पत्रकार र सम्पादक गुमाएको बताएका थिए । उनले शोकको घडीमा पनि अलिकति पनि विचलित नभई उनका काम र कर्तव्य निभाउन हरबखत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal