नेकपा माओवादी केन्द्र समाजबादीको नाम परिवर्तन, नेकपा माओवादी समाजबादी कायम

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं। नेकपा माओवादी केन्द्र समाजबादीले आफ्नो नाम परिवर्तन गरेर नेकपा माओवादी समाजबादी बनाएको छ।

स्थानीय तह निर्बाचनका लागि शनिबार पार्टी दर्ता गर्दै पार्टीको नाम नेकपा माओवादी समाजबादी राखिएको पार्टी सचिब अरुण घिसिङले जानकारी दिए। घिसिङका अनुसार परिवर्तित नेकपा माओवादी समाजबादीको बिधानमा अध्यक्ष कर्णजीत बुढाथोकी, वरिष्ठ नेता तिलक थापा मगर, उपाध्यक्षद्वयमा रंगनाथ ढकाल र बिनोद उपाध्याय महासचिवमा नरेश शाही सचिबत्रयमा अरुण घिसिङ मेघ बहादुर खत्री र सिंह बहादुर वि।क।सहित ८ जना पदाधिकारीको ब्यबस्था गरिएको छ।

यसैगरी, ९९ सदस्यीय केन्द्रीय समिति, ३३ जना वैकल्पिक केन्द्रीय सदस्य, ३३ सदस्यीय पोलिटब्यूरोमा ११ सदस्य सदस्य बैकल्पिक हुने ब्यबस्था रहेको छ। पदाधिकारी १५ जना हुनेमा दलितबाट १ जना , महिला बाट १ जना ,खसआर्यबाट १,मुस्लिमबाट१,थारुबाट १,मधेसी बाट १,जनजातीबाट १,सहिद परिवार र पूर्व जनमुक्ति सेनाबाट १ र ७ प्रदेशबाट ७ जनाको पदाधिकारीको व्यवस्था गरिने स्थानीय तहमा दुई अध्यक्ष जसमा महिला अध्यक्ष अनिवार्य व्यवस्था गरिएको घिसिङले बताए।

केन्द्रीय सल्लाहकार समितिमा अध्यक्ष १ र सचिब १ को व्यवस्था सहित प्रदेश समितिमा अध्यक्ष १ उपाध्यक्ष ३ र सचिब ३ गरि ७ जनाको पदाधिकारी र स्थानीय तहमा अध्यक्ष २ जसमा महिला १ अनिवार्य उपाध्यक्ष १ र सचिब १ गरि ४ जनाको पदाधिकारी रहने बैधानिक ब्यबस्था रहेको छ।

केन्द्रीय समितिको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म २० प्रतिशत मनोनीत र १०प्रतिशत पार्टी एकता र ध्रुवीकरणको लागि निर्धारण गरिएको छ।

सम्बन्धित जनबर्गीय सङ्गठनले केन्द्रीय समितिका लागि सिफारिस गर्दा दलित मोर्चाबाट महिलासहित २ जना, महिला सङ्गठनबाट १ जना, सुकुम्बासी सङ्गठनबाट महिला सहित २ जना,सहिद तथा बेपत्ता परिवार समाजबाट महिला १ सहित २ जना,पूर्व जनमुक्ति सेनाबाट १ महिलासहित २ जना, मजदुर सङ्गठनबाट १ महिला सहित २ जना गर्नुपर्ने व्यवस्था गरिएको घिसिङको भनाई छ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal