नेपाली कांग्रेसका ‘प्रकाश’ हरु को के गर्छन् ?
रमेशकुमार बोहोरा
काठमाडौं । नेपाली कांग्रेसमा प्रकाश नामका धेरै नेताहरु छन् । उनीहरु कोही उपप्रधानमन्त्री भइसकेका छन् भने कोही मन्त्री र सांसद्का साथै पार्टीको जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् ।
प्रकाशमान सिंह कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका थिए । सभापतिको निर्वाचनमा तेस्रो स्थानमा आएपछि उनले सभापतिमा प्रथम स्थानमा आएका शेरबहादुर देउवालाई समर्थन गरेका थिए । काठमाडौं १ बाट २०६४ सालदेखि लगातार संसदीय निर्वाचन जित्दै आएका उनी पार्टीको महामन्त्री र उपसभापतिसमेत भइसकेका छन् । काठमाडौलाई केन्द्र बनाएर राजनीति गर्दै आएका उनको उपत्यकामा भनें राम्रो प्रभाव रहेको छ । पछिल्लो समयमा उनले जिल्लातिर पनि आफ्नो सञ्जाल बनाएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा पनि प्रकाशकै नामसँग जोडिएका छन् । उनले सिंहको तर्फबाट उम्मेदवारी दिएर सम्मानजनक ढंगले महामन्त्री जिते । झापाका उनी दुई पटक संसदीय निर्वाचनमा झापा १ बाट पराजित भए । उनी नपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षसमेत भएका थिए । उनी पार्टीभित्र संगठकका साथै विचार र सिद्धान्तको वाहकका रुपमा चिनिन्छिन् । प्रतिनिधिसभाको यो निर्वाचनमा काठमाडौं ५ बाट ईश्वर पोखरेलसँग हारेका प्रकाशशरण महत पनि कांग्रेसका पुराना नेता मानिन्छन् । यो महाधिवेशनमा देउवाको समूहबाट महामन्त्रीमा पराजित भएका प्रकाशशरण पनि पटक पटक मन्त्री भइसकेका छन् । महामन्त्री हारे पनि उनलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनीत गरेर पार्टी प्रवक्ता बनाएका छन् ।
प्रतिनिधिसभाका सांसद् तथा नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीको पनि चर्चा निकै छ । उनी शेखर कोइरालाको समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए । प्रतिनिधिसभामा विपक्षीलाई कडा झापड दिने भनेर उनी चिनिन्छिन् । तथ्यलाई आधार मानेर बोल्दै आएका उनले यसअघि केपी शर्मा ओलीको सरकार रहँदा संसदमा धेरै पटक सरकारका गलत गतिविधिको बारेमा भण्डाफोर गरेका थिए । उनले आफू प्रष्ट बोल्ने भएकाले कसैकसैले मन नपराए पनि फरक नपर्ने तर देश र जनताको पक्षमा भनें सधैं आवाज उठाइरहने बताउँदै आएका छन् । राष्ट्रियसभामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका सांसद् प्रकाश पन्थको पनि आफ्नै इतिहास छ । उनी ६ वर्षका लागि सांसद् भएका हुन् । २०७५ को असारको पहिलो हप्ता संसदमा गोलाप्रथा हुँदा आफ्नो कार्यकाल ६ वर्षको हुने गरी चिठ्ठा तानेका थिए । उनी पनि संसद्मा प्रभावकारी भूमिका खेल्दै आएका छन् । विषयवस्तुलाई बुझेर प्रष्ट हुने गरी संसदमा तर्क गर्दै आएका उनले अपांगता भएको क्षेत्रका लागि बढी आवाज उठाउँदै आएका छन् । आफू शारीरिक रुपमा अपांगता भएको व्यक्ति भएकाले आफूहरुको पीडा र समस्याको बारेमा सबैलाई जानकारी होस् भनेर विशेष आवाज उठाएको उनी बताउँछन् । पार्टीलाई आफ्नो तर्फबाट मजबुत बनाउन लागेका उनी कांग्रेसले नै देशलाई निकास दिनुपर्ने बताउँछन् । उनी कांग्रेसले जस्तोसुकै परिस्थितिको समाना गरेर भए पनि जनतालाई न्याया दिनुपर्छ भन्ने पक्षमा छन् । उनी पनि पार्टीको यो महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए ।
गोरखाको क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् प्रकाशचन्द्र दवाडी । उनी राजनीति र समाजसेवालाई सँगै अघि बढाउनुपर्छ भनेर लागेका छन् । सांसद्बापत आएको पैसामात्र नभएर समाजको विकासको लागि आफ्नो निजी खर्चसमेत लगानी गर्दै आएका उनले पनि आफ्नो बेग्लै पहिचान बनाएका छन् । गण्डकी प्रदेशको संसदीय दलका प्रवक्तासमेत रहेका उनले ‘मेरो राजनीति समाजकै सेवाको लागि, मेरो राजनीति हजुरहरुकै टेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले आफ्नो भनाइलाई सार्थक बनाउने गरी काम गर्दै आएका छन् । उनले गाउँघरमा जसलाई जे जस्तो दुःख परे पनि आफ्नो तफर्बाट पहल गर्दै आएका छन् । ‘म पैसा कमाउन राजनीतिमा आएको होइन, कसैले मैले अनियमितता गरेको थाहा पाए आजैबाट राजनीतिबाट सन्यास लिन्छु’ भनेर भन्दै आएका उनले कांग्रेसको मात्र होइन अरु पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणको मनसमेत जितेका छन् ।
हुन त कांग्रेसमा अरु धेरै प्रकाशहरु पनि आफ्नो ठाउँबाट भूमिका खेल्दै आएका छन् । जसले जहाँ रहेर काम गरे पनि पार्टी र देशको लागि नै गर्नुपर्छ भन्ने उनीहरुको सामूहिक आवाज रहेको छ ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





