इरिना ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्दै

२०७८ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौं । ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । फेसन इराले पत्रकार सम्मेलन गरेर नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी दिएको हो ।

विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ ।

हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेसन सोहरूमा सहभागिता जनाइसकेकी छिन् भने विभिन्न ब्रान्डका लागि काम पनि गरिसकेकी छन् । मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ यस ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ लाई लिएर निकै उत्साहित छिन् ।

कार्यक्रममा मिस ग्ल्याम वर्ल्ड २०२२ को ताज नेपाल भित्रयाउने सक्दो प्रयास गर्ने बाचा पनि गरिन् ।

मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेसन इराका कार्यकारी अध्यक्ष आनन्दले बताए । ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ यही अगस्टको १९ तारिखदेखि २८ तारिखसम्म भारतको कोचिन, केरलामा आयोजना हुँदैछ ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal