आजबाट प्रतिनिधि सभामा एमसीसीमाथि छलफल

२०७८ फाल्गुन १२ गते, बिहीबार

काठमाडौं । आज बिहीबारदेखि प्रतिनिधि सभामा एमसीसी सम्झौताबारे छलफल हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ । सम्भावित कार्यसूचीलाई आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ ।

सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । दफावार छलफलमा सम्झौताको दफावार रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ । पारित गर्नका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ ।

नेपाली काँग्रेसले आजको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदलाई निर्देशन दिएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहने निर्णय गरेको छ ।

225 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal