माओवादीलाई आरोप लगाउँदै कांग्रेस भए गोरखाका माओवादी, सांसद्ले गरे पार्टीमा स्वागत

२०७८ फाल्गुन १२ गते, बिहीबार

काठमाडौं । द्धन्द्धकालदेखि नै माओवादीमा लागेका नेतालाई गोरखाको क्षेत्र नम्बर २ को ( ख) प्रदेशबाट निर्वाचित कांग्रेसका प्रदेश सांसद् प्रकाशचन्द्र दवाडीले कांग्रेसमा प्रवेश गराएका छन् ।


बुधबार गोरखाको वारपाक सुलिकोट गाउँपालिका ८ पन्द्रुङको जराङमा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सांसद् दवाडीले उनीहरुलाई कांग्रेसमा भित्र्याएका हुन् । वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा माओवादीका नेता नीरबहादुर गुरुङले ‘जय नेपाल’ भनेर अन्तिममा सम्बोधन गरेका थिए । गुरुङले नेकपा माओवादीले कम्युनिष्टको खोल ओढेर केवल भ्रमकै खेती गरिरहेको र समाज विकासमा कुनै भूमिका खेल्न नसकेको आरोपसमेत लगाए । उनले अब आफू कांग्रेस नै भएर समाजसेवा गर्ने स्पष्ट पारे । उनले माओवादीले सहिदको नाउँ बेचेर पार्टीलाई कमाई खाने भाँडो बनाएको, सहिदलाई देखाएर धोका दिएको जनाएका छन् । उनले कुनै पदको लोभमा नेपाली कांग्रेसमा प्रवेश नगरेको बताएका छन् । कार्यक्रममा सांसद् दवाडीले स्थानीयले टिका र माला लगाएर स्वागत गरेका थिए । सांसद् दवाडीले समाजमा विभिन्न प्रकारका सेवा गर्दै आएका छन् ।
सांसद् दवाडीले ठूलो संख्यामा अर्को पार्टीबाट कांग्रेस प्रवेश गरेकामा गाउँमा मात्र नभएर जिल्लामा नै कांग्रेस बलियो भएकोमा सबैलाई धन्यवाद दिएका छन् । दवाडीले आफूमाथि गरेको विश्वास र भरोसालाई टुट्न नदिने पनि जनाएका छन् । मेरो राजनीति समाजकै सेवाको लागि, मेरो राजनीति हजुरहरुकै टेवाको लागि भन्ने मुख्य नारा बनाएका उनले नारालाई सार्थक बनाउने काम गर्दै आएका छन् ।

240 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal