आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झर्यो

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाण्डौ । आईसीसी टि–२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिजो यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा दुई स्थान तल झरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ । यसअघि नेपाल १३ औँ स्थानमा थियो । नेपाल दुई हप्तामै तीन स्थान तल झरेको हो । यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो । ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले हारेसँगै नेपाल आउँदो अक्टोबररनोभेम्बरमा अष्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ ।

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो । नेपालले विश्वकप छनोटमा तेस्रो स्थानको लागि भोलि ओमानसँग खेल्नेछ । नयाँ वरीयतामा आयरल्यान्ड १४ औं र स्कटल्यान्ड १३ औं स्थानमा छन् । यूएई भने १२ औं स्थानमा पुगेको छ । भारत पहिलो, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । त्यस्तै न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

261 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal