हराएका मतदाता परिचयपत्रका लागि निःशुल्क सिफारिस दिन निर्वाचन आयोगको आग्रह

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाण्डौ । निर्वाचन आयोगले हराएका वा नष्ट भएका मतदाता परिचयपत्रका लागि आवश्यक सिफारिस निःशुल्क दिन आग्रह गरेको छ ।
मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहले दस्तुर लिएको गुनासोपछि निर्वाचन आयोगले निःशुल्क सिफारिस गर्न सबै स्थानीय तहलाई परिपत्र गर्ने समेत निर्णय गरेको छ ।

यसअघि नै मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताको परिचयपत्र विभिन्न कारणले नष्ट भएको वा हराएको भए पुनः बनाउन वडामा सम्पर्क गर्नुपर्ने हुन्छ । पुनः बनाउनुपर्ने अवस्थामा आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न र वडाको सिफारिसका आधारमा निर्वाचन कार्यालयमा निवेदन दिएमा मतदाता परियपत्र बनाउने व्यवस्था रहेको छ । हराएको वा नष्ट भएको अवस्थामा आफ्नो वडा कार्यालयको सिफारिससहित मतदाता नामावली रहेको सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था छ ।

वडा कार्यालयको सिफारिससहित सम्बन्धित मतदाता स्वयं उपस्थित भई निवेदन दिएमा वा वडा कार्यालयको सिफारिससहित इमेल वा फ्याक्स वा अन्य विधिमार्फत समेत प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउन पनि आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । निर्वाचन आयोगले आउँदो स्थानीय तह चुनावका लागि पनि मतदाता परिचयपत्र तयार गरी वितरण गर्ने भएको छ ।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal