फोहोर नउठ्दा काठमाण्डौ महानगर दुर्गन्धीत बन्दै

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाण्डौ । विगत दश दिनदेखि काठमाण्डौ महानगरको फोहोर उठ्न नसकेपछि शहर दुर्गन्धीत बनेको छ ।

चोक चोक, गल्ली गल्लीमा फोहोरको थुप्रो छ । वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिँदा काठमाण्डौमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य भैरहेकाले फोहोर उठ्न नसकेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक–दुई दिन फोहोर नउठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको र फोहोर उठाउन समस्या भएको उहाँको भनाई छ । डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन । तर स्थानियबासिन्दाले गएको फागनु एक गतेदेखि गाडी रोकेर अवरोध गरिरहेका छन् ।

260 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal