ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे आफ्नो सम्पत्ति

२०७८ माघ १२ गते, बुधबार

काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले आफ्नो आम्दानी र आफुसँग भएको सम्पत्ति सार्वजनिक गरेका हुन् । ्
कार्यक्रममा बोल्दै अभियन्ता शाहीले १ वर्षको अवधिमा प्रत्यक्ष रुपमा राज्यलाई आफुले ५७ हजार २ सय ८० कर तिरेको बताएका छन् । उनले उक्त कर मध्ये ३० हजार तलव कर, २५ हजार ५ सय सवारी साधनको कर र १७ सय ८० रुपैयाँ बीमा कर बुझाएको जानकारी दिए । उनले उने,‘एकवर्षमा बुझाएको ५७ हजार २ सय रुपैयामा ३० हजार तलव, २५ हजार ५ सय सवारी साधन र १७ सय ८० रुपैयाँ बीमा करबापत बुझाएको छु ।’
आफ्नो आयश्रोतको बारेमा बताउँदै वार्षिक रुपमा ६ लाख रुपैयाँ आम्दानी रहेको शाहीले सुनाए । उनले भने,‘महिनाको ५० हजार रुपैयाँ तलव खान्छु ।’ उनले अन्य अनलाइन व्यवसायबाट ५६ दिनको आम्दानी १ लाख ६३ हजार २ सय ९१ रुपैयाँ गरेको पनि स्पष्ट पारे ।
उनले आफुसँग भएको सम्पत्तिको नाममा ५औं ह्यान्ड गाडी ५ लाख रुपैयाँमा खरिद गरेर प्रयोग गर्दै आएको बताए । पैतृक सम्पत्ति आफ्नो जन्मस्थान जुम्ला र सुर्खेतमा नै भएको उनले सुनाए ।
आफ्नो संस्था देशको हित तथा सामाजिक सेवामा आवद्ध भएको भन्दै उनले कतार उड्ने जहाजलाई तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवले ३ घन्टा रोकेको उदाहरण दिँदै उनले त्यस्ता वेथितिको अन्त्य आफुहरुले गरेको बताए । अझैपनि आफ्नो संस्थाले विदेशमा अलपत्र भएका नागरिकहरुको उद्दार गरिरहेको बताए । उनले भने,‘आजकै दिनपनि २० जना अलपत्र परेका नागरिकहरुको उद्दार गरेका छौ ।’
दोस्रोपटक कोरोनाको लहर आउँदा आफ्नो संस्थाले २ लाख नागरिकहरुलाई अक्सिजन र उपचारको व्यवस्था गरेको जिकिर गरे । त्यस्तै, उनले ४ सय जनालाई अक्सिजन कन्र्सन्टे«टरको व्यवस्था गरेको भन्दै उनले दुरदराजको जनताहरुलाई सहयोग गरेको बताए ।

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal