ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे आफ्नो सम्पत्ति
काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले आफ्नो आम्दानी र आफुसँग भएको सम्पत्ति सार्वजनिक गरेका हुन् । ्
कार्यक्रममा बोल्दै अभियन्ता शाहीले १ वर्षको अवधिमा प्रत्यक्ष रुपमा राज्यलाई आफुले ५७ हजार २ सय ८० कर तिरेको बताएका छन् । उनले उक्त कर मध्ये ३० हजार तलव कर, २५ हजार ५ सय सवारी साधनको कर र १७ सय ८० रुपैयाँ बीमा कर बुझाएको जानकारी दिए । उनले उने,‘एकवर्षमा बुझाएको ५७ हजार २ सय रुपैयामा ३० हजार तलव, २५ हजार ५ सय सवारी साधन र १७ सय ८० रुपैयाँ बीमा करबापत बुझाएको छु ।’
आफ्नो आयश्रोतको बारेमा बताउँदै वार्षिक रुपमा ६ लाख रुपैयाँ आम्दानी रहेको शाहीले सुनाए । उनले भने,‘महिनाको ५० हजार रुपैयाँ तलव खान्छु ।’ उनले अन्य अनलाइन व्यवसायबाट ५६ दिनको आम्दानी १ लाख ६३ हजार २ सय ९१ रुपैयाँ गरेको पनि स्पष्ट पारे ।
उनले आफुसँग भएको सम्पत्तिको नाममा ५औं ह्यान्ड गाडी ५ लाख रुपैयाँमा खरिद गरेर प्रयोग गर्दै आएको बताए । पैतृक सम्पत्ति आफ्नो जन्मस्थान जुम्ला र सुर्खेतमा नै भएको उनले सुनाए ।
आफ्नो संस्था देशको हित तथा सामाजिक सेवामा आवद्ध भएको भन्दै उनले कतार उड्ने जहाजलाई तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवले ३ घन्टा रोकेको उदाहरण दिँदै उनले त्यस्ता वेथितिको अन्त्य आफुहरुले गरेको बताए । अझैपनि आफ्नो संस्थाले विदेशमा अलपत्र भएका नागरिकहरुको उद्दार गरिरहेको बताए । उनले भने,‘आजकै दिनपनि २० जना अलपत्र परेका नागरिकहरुको उद्दार गरेका छौ ।’
दोस्रोपटक कोरोनाको लहर आउँदा आफ्नो संस्थाले २ लाख नागरिकहरुलाई अक्सिजन र उपचारको व्यवस्था गरेको जिकिर गरे । त्यस्तै, उनले ४ सय जनालाई अक्सिजन कन्र्सन्टे«टरको व्यवस्था गरेको भन्दै उनले दुरदराजको जनताहरुलाई सहयोग गरेको बताए ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १६ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १६ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





