मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्र १ हजार जनालाई रोजगारी दिने

२०७८ माघ १२ गते, बुधबार

काठमाडौं । मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने जनाएको छ । आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कम्पनीको अध्यक्ष सरोज जंग पोखरेलले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने उद्घोष गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ५ वर्ष भित्रमा ५० हजार जना काम सक्ने दक्ष जनशक्ति आफुले तयार गर्ने बताए । उनले आफुले गरेको आम्दानीको ६० प्रतिशत रकम निपोज फाउण्डेशनलाई दिने पनि घोषणा गरे ।
उनले भारत, अष्ट्रेलिया, क्यानडा लगायतका धेरै देशहरुबाट सम्बन्धन लिएर फाउण्डेशन अगाडी बढ्ने बताए ।
आर्थिक रपर्यटन विकास गर्न संखुवासभा जिल्लामा शाखा कार्यालय खोल्ने तयारीमा रहेको जानकारी दिँदै पोखरेलले देशबाहिर पनि शाखा खोल्ने योजना रहेको सुनाए । उनले शिक्षा तथा प्रविधि मन्त्रालय र श्रम तथा रोगजार मन्त्रालयसँग समन्वय गरि अघि बढ्ने बताउँदै भने, ‘यसको बारेमा सम्बन्धित मन्त्रालय र मन्त्रीहरुसँग मेरो कुरा भइसकेको छ ।’ उनले नेपालको शिक्षा प्रणाली परिवर्तत गरी दक्ष र अनुभवि कामदार उत्पादन गर्ने बताए ।
फाउण्डेशनले विद्यालय, कलेज र देशविकासको लागि मुल आधार बनाएर अगाडी बढ्ने पनि जानकारी दिए । यसको साथै बुवा आमा नभएका बालबालिकाहरुलाई स्नाकोत्तरसम्म निशुल्क शिक्षा दिने पनि प्रतिवद्धता दिए । आफ्ना कामदारलाई अगाडी बढाउने उद्देश्यले घर, गाडी, मोवाइलको सुविधा दिने पनि उनले जानकारी दिए । उनले फाउण्डेशनले असहाय बृद्ध÷बृद्धा आमा बुवाको छोरा बनेर सहयोग गर्ने पनि उल्लेख गरे ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal