एम्एस्सी गरेका मन्त्री यसरी भए कांग्रेस सह–महामन्त्री

रमेशकुमार बोहोरा
काठमाडौं । राजनीति गर्न लेखपढ नगरे पनि हुन्छ भन्ने सोचाई छ । राजनीति गर्नेलाई पढ्ने फुर्सद नभएर पनि नपढेका भन्ने तर्क पनि छ । तर थोरैमात्र नेताले राजनीति र पढाइलाई सँगसँगै अघि बढाएका छन् तीमध्ये एक हुन् खानेपानीमन्त्री उमाकान्त चौधरी ।
चौधरीले त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एम्एस्सी गरेका हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित भएका छन् । उनीसँग तेजुलाल चौधरीले प्रतिष्पर्धा गरे । विजेता चौधरीले तेजुलाललाई ८ सय ७९ मतले हराए । विजेता चौधरीले २७ सय ५६ मत पाए भने निकटतम प्रतिद्धन्द्धी चौधरीले १८ सय ७७ मात्र मत पाए । चौधरी सभापति शेरबहादुर देउवाको तर्फबाट उम्मेदवार भएका थिए । खानेपानीमन्त्री समेत रहेका उनी कांग्रेसको निवर्तमान केन्द्रीय सदस्य पनि हुन् । उनी अघिल्लो महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट कोषाध्यक्षको उम्मेदवार बनेका थिए । कोषाध्यक्षमा पराजित चौधरीलाई सभापति देउवाबाट केही सातामै केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका थिए ।
उनले २०७४ को प्रतिनिधिसभाको निर्वाचन बाराबाट जितेका हुन् । विद्यार्थी आन्दोलनबाट नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै आएका चौधरी जनताको माझ निकै लोकप्रिय छन् । जनताको हरेक सुखदुःखलाई नजिकबाट हेर्दै आएका उनले पार्टीको थप जिम्मेवारीलाई इमानदारिताका साथ वहन गर्ने बताएका छन् । ‘मलाई महाधिवेशन प्रतिनिधिले जुन विश्वासका साथ मतदान गर्नुभयो, त्यो भावनामाथि कहिल्यै पनि खेलवाड गर्दिन’ उनले भने ‘ मलाई एकातिर सरकारको जिम्मेवारी छ अर्कोतिर पार्टीको त्यतिमात्र होइन जनताले जिताएकाले क्षेत्रलाई पनि हेरिरहेको छु ।’ उनले पार्टीलाई गतिशील र जुझारु बनाउने आफूसँग प्रशस्तै योजना भएको बताएका छन् ।’ जनप्रतिनिधि हुँदा होस् वा बाहिर रहँदा जहाँ भए पनि उनले जनताबाट टाढा हुन नसक्ने बताएका छन् । उनी २ नम्बर प्रदेशको मात्र होइन केन्द्रको राजनीतिमा नै चर्चित व्यक्तित्व हुन् ।
२०५६ को प्रतिनिधिसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनी २०५८ सालमा कृषि तथा सहकारी सहायकमन्त्री बने । २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । २०६२÷०६३ को जनआन्दोलनमा आन्दोलन परिचालन समिति कमाण्डर भएर नै काम गरे । २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणपछि कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भए । उनको जितको यात्रा कहिल्यै पनि रोकिएन । २०६४ सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनमा झन् जिम्मेवारी बढ्दै गयो ।
२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको संयुक्त सरकारमा कांग्रेसको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बने । २०६७ सालको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । मन्त्री हुनेबित्तिकै देशभरको खानेपानीको अवस्था के छ भनेर बुझ्न जिल्ला दौडाहामा निस्केका छन् । ‘खानेपानी नपाएर कोही नछटपटाओस् भन्ने हो, देख्दा विषय सामान्य भए पनि इस्यू गम्भीर हो ’ उनले भने ‘ सबै जनतालाई स्वच्छ र सुलभ खानेपानी पु¥याउने मेरो योजना हो ।’ ‘पार्टीलाई गतिशील र जिवन्त बनाउने मेरो योजना हो, म सह–महामन्त्री भएपछि यो अभियानमा लाग्ने थप उर्जा प्रदान भएको छ’ सह–महामन्त्री चौधरीले भने । मन्त्री चौधरीले उपत्यकावासीलाइ छिट्टै मेलम्चीको पानी खुवाउने जनाएका छन् । उनले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार