एम्एस्सी गरेका मन्त्री यसरी भए कांग्रेस सह–महामन्त्री
रमेशकुमार बोहोरा
काठमाडौं । राजनीति गर्न लेखपढ नगरे पनि हुन्छ भन्ने सोचाई छ । राजनीति गर्नेलाई पढ्ने फुर्सद नभएर पनि नपढेका भन्ने तर्क पनि छ । तर थोरैमात्र नेताले राजनीति र पढाइलाई सँगसँगै अघि बढाएका छन् तीमध्ये एक हुन् खानेपानीमन्त्री उमाकान्त चौधरी ।
चौधरीले त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एम्एस्सी गरेका हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित भएका छन् । उनीसँग तेजुलाल चौधरीले प्रतिष्पर्धा गरे । विजेता चौधरीले तेजुलाललाई ८ सय ७९ मतले हराए । विजेता चौधरीले २७ सय ५६ मत पाए भने निकटतम प्रतिद्धन्द्धी चौधरीले १८ सय ७७ मात्र मत पाए । चौधरी सभापति शेरबहादुर देउवाको तर्फबाट उम्मेदवार भएका थिए । खानेपानीमन्त्री समेत रहेका उनी कांग्रेसको निवर्तमान केन्द्रीय सदस्य पनि हुन् । उनी अघिल्लो महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट कोषाध्यक्षको उम्मेदवार बनेका थिए । कोषाध्यक्षमा पराजित चौधरीलाई सभापति देउवाबाट केही सातामै केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका थिए ।
उनले २०७४ को प्रतिनिधिसभाको निर्वाचन बाराबाट जितेका हुन् । विद्यार्थी आन्दोलनबाट नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै आएका चौधरी जनताको माझ निकै लोकप्रिय छन् । जनताको हरेक सुखदुःखलाई नजिकबाट हेर्दै आएका उनले पार्टीको थप जिम्मेवारीलाई इमानदारिताका साथ वहन गर्ने बताएका छन् । ‘मलाई महाधिवेशन प्रतिनिधिले जुन विश्वासका साथ मतदान गर्नुभयो, त्यो भावनामाथि कहिल्यै पनि खेलवाड गर्दिन’ उनले भने ‘ मलाई एकातिर सरकारको जिम्मेवारी छ अर्कोतिर पार्टीको त्यतिमात्र होइन जनताले जिताएकाले क्षेत्रलाई पनि हेरिरहेको छु ।’ उनले पार्टीलाई गतिशील र जुझारु बनाउने आफूसँग प्रशस्तै योजना भएको बताएका छन् ।’ जनप्रतिनिधि हुँदा होस् वा बाहिर रहँदा जहाँ भए पनि उनले जनताबाट टाढा हुन नसक्ने बताएका छन् । उनी २ नम्बर प्रदेशको मात्र होइन केन्द्रको राजनीतिमा नै चर्चित व्यक्तित्व हुन् ।
२०५६ को प्रतिनिधिसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनी २०५८ सालमा कृषि तथा सहकारी सहायकमन्त्री बने । २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । २०६२÷०६३ को जनआन्दोलनमा आन्दोलन परिचालन समिति कमाण्डर भएर नै काम गरे । २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणपछि कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भए । उनको जितको यात्रा कहिल्यै पनि रोकिएन । २०६४ सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनमा झन् जिम्मेवारी बढ्दै गयो ।
२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको संयुक्त सरकारमा कांग्रेसको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बने । २०६७ सालको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । मन्त्री हुनेबित्तिकै देशभरको खानेपानीको अवस्था के छ भनेर बुझ्न जिल्ला दौडाहामा निस्केका छन् । ‘खानेपानी नपाएर कोही नछटपटाओस् भन्ने हो, देख्दा विषय सामान्य भए पनि इस्यू गम्भीर हो ’ उनले भने ‘ सबै जनतालाई स्वच्छ र सुलभ खानेपानी पु¥याउने मेरो योजना हो ।’ ‘पार्टीलाई गतिशील र जिवन्त बनाउने मेरो योजना हो, म सह–महामन्त्री भएपछि यो अभियानमा लाग्ने थप उर्जा प्रदान भएको छ’ सह–महामन्त्री चौधरीले भने । मन्त्री चौधरीले उपत्यकावासीलाइ छिट्टै मेलम्चीको पानी खुवाउने जनाएका छन् । उनले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





