मोवाइलसमेत बाँड्ने तबरेज को हुन् ?

२०७८ माघ २ गते, आईतवार

काठमाडौं । पर्साको विरगञ्ज महानगरपालिका २२ का तवरेज आलम एक सामान्य मान्छे हुन् । युवा अवस्थादेखि नै समाजसेवामा लागौं भनेर दैनिकजसो सेवा गर्दै आएका उनी परिवारको इतिहासका आधारमा होइन आफूले गरेको कामका आधारमा समाजमा चिनिन चाहन्छन् ।
उनले गाउँमात्र होइन जिल्लाको लागि पनि महत्वपूर्ण योगदान गरेका छन् । मातृभूमी अभियानका पर्सा अध्यक्षसमेत रहेका उनी निस्वार्थ रुपमा सेवा गरेको बताउँछन् । ‘अहिले केही सेवा गरेजस्तो गरे भोलि केही पाइएला भन्ने सोचेको छैन’ उनले भने ‘सेवा गर्ने हो अरु कुनै दायाँबायाँ कुरा छैन, मैले त यति गरें भने अरु पदमा भएकाले त धेरै कुरा गर्नुपर्ने हो ।’ उनले मठ मन्दिर र धार्मिक क्षेत्रमा खाद्यान्न र पाल बाँडेका छन् । कोरोना संक्रमणको समयमा उनले आफ्नै पहलमा १० हजार थान मास्क र ५० लिटर सेनिटाइजर वितरण गरेका थिए । उनले ती मास्क सशस्त्र र जनपथको प्रहरी कार्यालय, बृद्धाश्रममा, बालबालिकाका साथै पैदलयात्रीलाई बाँडेका थिए । उनलाई पतञ्जली आयुर्वेद कम्पनी प्राइभेट लिमिटेडका निर्देशक डा. युवराज सुवेदीले ४ कार्टुन साबुन उपलब्ध गराएका थिए । महानगरपालिकाका मेयरले उपलब्ध गराएको ३ सय केजी दाल पनि उनले समाजमा लगेर वितरण गरिदिए । समाजसेवा गर्न पाउँदा खुशी भएका उनी समाजसेवालाई निरन्तरता दिने बताउँछन् ।
आलमलाई अन्तर्राष्ट्रिय मानव अधिकार मुस्लिम महिला संघकी केन्द्रीय अध्यक्ष रेश्मा बानुले पनि ५ हजार थान मास्क दिएकी थिइन् । उनी अभियानका क्रममा सहयोग गर्नेहरुप्रति आभारी छन् । यतिमात्र होइन उनले वडासँग सहकार्य गरेर गाउँमा १० वटा कल पनि गाडिदिएका छन् । पानीको अभावमा रहेकालाई कल गाडिदिएपछि स्थानीय खुशी भएका छन् । केहीलाई रोजगारीमा समेत लगाइदिएका उनले जाडोको समयमा वडा नम्बर ३१ मा केही थान कम्वल पनि वितरण गरेका छन् । उनले केही दिनमा फेरि कम्वल वितरण गर्ने योजना बनाएका छन् । शिक्षा र स्वास्थ्यको लागि विशेष पहल गर्छु भन्दै आएका उनी मठमन्दिर संरक्षण अभियानमा पनि लागेका छन् । उनले मन्दिरका बाबालाई मोवाइल दिएका हुन् । ‘उहाँहरुसँग मोवाइल रहेनछ अनि मन पग्लियो र नयाँ मोवाइल किनिदिएँ’ उनले भने ‘ सानै छु म पनि तर काम सानोतिनो गरेजस्तो लाग्दैन ।’
उनी जेबी फाउण्डेसन पर्साका सभापति, जनता समाजवादी पार्टीका मुस्लिम संघका केन्द्रीय सदस्य उनी पशुपति अन्नपूर्ण आश्रम पर्साका सल्लाहकारसमेत हुन् । उनी समाजसेवाबाट नै आफूलाई सन्तुष्टि हुने हुँदा सधैं यो अभियानमा लागिरहेको बताउँछन् ।

282 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal