एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं। एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध सहज जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेर एसियन गेम्समा स्थान बनाएको हो । नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमात्रै बनाउन सक्यो ।

उसका लागि कप्तान सय्यद अजीजले ५४ रन जोड्दा सार्विन मुनियान्दीले १८ तथा मुहम्मद हजिजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियालाई सस्तैमा समेट्न नेपालका शेर मल्लले तीन विकेट लिए भने करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक सफलता हात पारे ।

पराजित भएपनि मलेसियाले पनि एसियन गेम्समा स्थान बनाएको छ । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे। टी २० आईमा उनको यो तेस्रो शतक हो ।

यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले । उनले ७ छक्का र ५ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोडे। उनले ४ छक्का र १ चौका हिर्काए। बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सय्यद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए ।

69 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal