हाउसफूल हुँदै ‘रोल नं १’
काठमाडौं । प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले अब भने व्यापारिक लय पनि समाउन थालेको छ ।
केही सिनेमा हलका केही शो प्रदर्शनको अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो चलचित्रले व्यवसायिक रूपमा पनि लय समात्न थालेको प्रस्ट हुन्छ । शो सुरु हुनुभन्दा २४ घण्टाभन्दा अगाडि नै ‘रोल नं १’का कतिपय शो हाउसफूल भइसकेका छन् । कतिपय शो फिलिङ फास्टमा गएका छन् ।
स्कुलहरूले पूरै शो नै बुक गरेर आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन लैजान थालेका छन् । जसका कारण बुधबारका कतिपय शो मंगलबार नै हाउसफूल भइसकेका थिए । “हाम्रो चलचित्रमा आएको सकारात्मक वर्ड अफ माउथले काम गर्न थालेको छ । केही स्कुलहरूले आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन ल्याउन थालेका छन्,” निर्माता विनोद पौडेलले भने, “त्यसैले आजका कतिपय शो हिजो नै हाउसफूल भइसकेका छन् ।”
स्कुलले आफ्ना विद्यार्थीलाई सिनेमा देखाउने क्रम सुरु भएको र यसले निरन्तरता पाउनेमा निर्माता पौडेल ढुक्क छन् । सिनेमा हेर्नेहरूले विद्यार्थी, शिक्षक र अभिभावकले नै हेर्नै पर्ने चलचित्र भन्दै प्रतिक्रिया दिएपछि ‘रोल नं. १’ हेर्नेको संख्या क्रमशः थपिँदै गएको निर्माण पक्षको भनाइ छ । “सबैले चलचित्र राम्रो र हेर्नैपर्ने भन्ने बताएपछि हेर्न आउनेहरूको संख्या थपिँदै छ,” निर्माता पौडेलले भने, “हामी यही दिनको प्रतिक्षामा थियौँ ।”
निर्माता पौडेलको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पनि सकारात्मक प्रतिक्रियाका कारण चौथो दिनबाट हाउसफूल हुन थालेको थियो । स्कुल–स्कुल र गाउँ–गाउँबाट गाडी रिजर्ब गरेर यो चलचित्र हेर्न आएपछि सिनेमाले ऐतिहासिक ग्रसकलेक्सन गरेको थियो ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन छ । ‘रोल नं. १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठको छ । चलचित्र अहिले देशभरका विभिन्न हलहरुमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





