कोरोनाको ग्राफ उकालो लाग्दै
२०७८ पुष २१ गते, बुधबार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १० हजार २६७ जनामा परिक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप २३९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
103 Views